arrow

आईपीएल क्रिकेट: डिविलियर्सको उत्कृष्ट ब्याटीङ प्रदर्शनले बेंगलोर फाईनलमा

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
IPL_AB_D.jpg.jpeg
काठमाडौं। एबी डिविलियर्सको उत्कृष्ट ब्याटिङ प्रदर्शनले रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै बेंगलोर फाईनल प्रवेश गरेको छ भने गुजरातले दोस्रो प्ले-अफ बिजेतासँग खेल्न पाउने छ। 
 
१५९ रनको लक्ष्य पच्छ्याएको बेंगलोरले ५.३ ओभरमा २९ रन बनाउँदा ५ विकेट गुमाएको थियो भने ६८ रनमा ६ विकेटको स्थितीबाट डिविलियर्सले स्टुअर्ट बिन्नी र ईकबाल अब्दुल्लाहसँग राम्रो साझेदारी गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। डिविलियर्स र अब्दुल्लाहले ९१ रनको साझेदारी गरेका थिए। 
 
डिविलियर्सले ४७ बलमा ५ छक्का र ५ चौकाको मदतले ७९* रन बनाएका थिए भने अबदुल्लाहले ३३* र बिन्नीले २१ रनको योगदान गरेका थिए। गुजरातका धवल कुलकर्णीले राम्रो बलिङ गरेका थिए। उनले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चिंदै ४ विकेट लिएका थिए। त्यसैगरि रविन्द्र जडेजाले २ विकेट हात पारेका थिए। 
 
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विेकट गुामउँदै १५८ रन बनाएको थियो। गुजरातका ड्वाएन ब्रेभोले ४१ बलमा ६ छक्का र ५ चौंकाको मदतले ७३ रन बनाएका थिए। त्यसैगरि दिनेश कार्तिकले २६ रनको योगदान दिएका थिए। 
 
बेंगलोरका शेन वाट्सनले ४ विकेट लिएका थिए। त्यसैगरि ईकबाल अब्दुल्लाह र क्रिश जोर्डनले २-२ विकेट हात पारेका थिए। खेलका प्लेयर अफ म्याच डिविलियर्स घोषित भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ