arrow

अलिबाबाले पूर्वी चीनमा शुरु गर्‍यो पहिलो बिजनेस सेन्टर

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
jack-ma-alibaba.jpg

काठमाडौं। चिनियाँ ईकमर्श कम्पनी अलिबाबा समूहले मंगलबार पूर्वी चीनको जेजियाङ प्रान्तको जिंहुवा सहरमा आफ्नो पहिलो व्यापार सञ्‍चालन केन्द्र स्थापना गरेको छ । 

केन्द्रले अलिबाबाको ई-कमर्स प्लेटफार्महरूको अफलाइन सेवा आउटलेटको रूपमा काम गर्दछ । जसले प्लेटफर्मको साथ कारखाना र उद्यमहरूको उत्पादन र बिक्रीको गति बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

यसले एक स्टप सेवा, अनलाइन स्टोर एप्लिकेसनहरु, अपरेशनल प्रशिक्षण, र ग्राहकहरूको लागि व्यापार डकिंगसहित सेवा उपलब्ध गराउने जनाइएको छ ।

अलीबाबाले गुहाजोङ, जिआंसु, फुजिआान र अन्य प्रान्तहरुमा पनि उत्पादन उद्योगहरुसँगै व्यापार सञ्‍चालन केन्द्रहरु स्थापना गर्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ