arrow

सेरेनाको बहादुरी, पुगिन् यूएस ओपनको सेमिफाइनलमा

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
serena-williams1.jpg

काठमाडौं । अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

क्वार्टरफाइनलको खेलमा बुधबार राति बिना वरियताकी बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोवालाई पराजित गर्दै सेरेना सेमिफाइनलमा पुगेकी हुन् । 

पहिलो सेट ४–६ ले हारे पनि उनले बहादुरी प्रदर्शन गर्दै ४–६, ६–३ र ६–२ को सेटमा पराजित गरेकी हुन् । 

जितसंगै सेरेनाले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन् ।

अमेरिकाकी ६ पटककी युएस ओपन च्याम्पियन ३८ बर्षिया सेरेनाले खेलको सुरुवातमा संघर्ष झेल्नु परेको थियो ।

भेट्रान खेलाडी सेरेनाले फाइनल प्रवेशका लागि पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्का वा बेल्जियमकी १६ औं वरियताकी एलिस मेर्टेसबीचको विजेतासंग खेल्नेछिन् ।

सेरेनाले पछिल्ला ३ बर्षमा पाँचौ ग्रान्डस्लामको फाइनलमा पुग्न फेरी एक सुस्त सुरुवात गर्न नसकिने बताएकी छिन् ।

सेरेनाले पछिल्लो पटक २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन् । सेरेनाले आफूले कहिल्यै हार नमान्ने बताउँदै बिहिबार फेरि खेल्ने बताइन् । 

सेरेना एक सन्तानकी आमा पनि हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ