arrow

पोखरामा १९ जनासहित गण्डकी प्रदेशमा ४९ जना संक्रमित थपिए

logo
हरि पन्त,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
pok.PNG

पोखरा । पोखरामा १९ जनासहित गण्डकी प्रदेशमा ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा १० जना महिला र अन्य पुरुष छन् । पोखरा महानगरपालिका वडा नं. ८ मा १३ जना, पोखरा ५ मा दुई जना र १५, ३२, २५, १९ मा एक एक जना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पोखराको वडा १५ मा भेटिएकी संक्रमित महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स, पोखरा १९ मा भेटिएका पुरुष पोखरास्थित नेपाल प्रहरीमा कार्यरत भएको बताइएको छ । 

यसैगरी बाग्लुङमा नौ जना संक्रमित फेला परेका छन् । उनीहरुमध्ये जैमिनी र गलकोटका एक एक जना र बरेङका सात जना छन् । यस्तै तनहूँको भिमानमा पनि तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोग तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

यता, पर्वतमा एक, स्याङ्जाको पुतलीबजार नगरपालिकामा १२ जना संक्रमित भेटिएका छन् । पर्वतमा भेटिएका संक्रमित पर्वतस्थित नेपाल प्रहरीमा कार्यरत छन् । स्याङ्जामा भेटिएकामध्ये सात जना पुरुष र अन्य महिला छन् । 

यस्तै, नवलपरासी पूर्वको देवचुलीमा एक र कावासोतीमा चार जना संक्रमित भेटिएको डा. शर्माले जानकारी दिए । आज भेटिएका संक्रमितहरुको स्वास्थ्य परीक्षण पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको थियो । गण्डकी प्रदेशमा कुल २७ सय २८ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ