arrow

ककस्ले सुन्नु, देख्नु, खानुभएको छ ?

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
hop-shoot.jpg

काठमाडौं । हामीले दैनिक खाने तरकारी कम मुल्यमा सजीलै किन्न सकिन्छ। तर विश्वमा यस्तो एउटा महंगो तरकारी पनि छ जुन धनी व्यक्तिहरुले किन्नु अघि पनि सोच्नुपर्नेहुन्छ। प्राय यो तरकारी एक हजार युरो प्रति किलोग्राममा बिक्दछ । नेपालमा यसको मुल्य १ लाख ३८ हजार रूपैयाँ किलो बराबर पर्न आउछ। 

यस तरकारीको नाम 'हप शूट्स' हो । यसमा रहेको फूललाई ​​'हप कोन्स' भनिन्छ। वास्तवमा यसको फूल बियर बनाउन प्रयोग गरिन्छ जबकि बाँकी फलहरू खानाको रूपमा प्रयोग हुन्छन्। महँगो भएको कारण यो तरकारी कुनै बजार वा स्टोरमा विरलै देख्न पाइन्छ।

'हप शूट्स' औषधीय गुणहरूले सम्पन्न हुन्छ, त्यसैले यो जडिबुटीको रूपमा पनि प्रयोग हुन्छ। दाँतको दुखाइमा यो धेरै प्रभावकारी छ। यस बाहेक, क्षयरोग जस्ता गम्भीर रोगको उपचारमा पनि यसको प्रयोग गरिन्छ। यसमा एन्टिबायोटिक गुणहरू पाइन्छन्।

यसलाई कच्चै पनि खान सकिन्छ। यद्यपि यसको स्वाद एकदम कडक हुन्छ। यसको फलहरूलाई सलादको रूपमा प्रयोग गरिन्छ। अचार पनि बनाउन सकिन्छ, जुन धेरै स्वादिलो ​​र खानका लागि लाभदायक हुन्छ।

 ८०० ईस्वी तिर यसलाई बियरमा मिसाएर मानिसहरूले पिउँथे, र यो प्रवृत्ति अझै चलिरहेको छ। यसको खेती पहिले उत्तरी जर्मनीमा शुरू भयो र त्यसपछि यो बिस्तारै विश्वभर फैलियो। 

यसमाथि १८औं शताब्दीको सुरुतिर इङल्यान्डमा पहिलोपटक कर लगाइएको थियो । साथै,बियर बनाउनका लागि यसको प्रयोग अनिवार्य गरिएको थियो ।  ताकि बियर स्वादिष्ट होस।

मार्चदेखि जूनलाई 'हप शूट्स' खेतीका लागि उपयुक्त समय मानिन्छ। यसको बोट आर्द्रता साथै सूर्यको किरणले धेरै छिटो बढ्छ। यसको फलहरू सुरुमा बैजनी र हरियो रंगमा परिवर्तन हुन्छ । यसको फल एकै दिनमा छ इन्चसम्म बढ्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ