arrow

क्यान्सर पीडित विरबहादुर श्रेष्ठलाई एकतप्पा सेवा समाज झापाद्वारा सहयोग उपलब्ध

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
ekatappa-sahayog.PNG

इलाम । फाकफोकथुम गा.पा. ७ खम्बुवा निबासी क्यान्सर पीडित ४४ वर्षीय वीर बहादुर श्रेष्ठलाई  एकतप्पा सेवा समाज झापाको संयोजनमा उपचारको लागि संकलित रकम ५० हजार र  दक्षिण कोरियामा कार्यरत मनोज बुढाथोकीको अगुवाईमा संकलित  रकम २५ हजार ११० गरी जम्मा रकम ७५ हजार ११०  सहयोग उपलब्ध गराएको जनाएको छ । 

एकतप्पा सेवा समाज, झापा अध्यक्ष डबल लिम्बुको नेतृत्वमा समाजका अन्य पदाधिकारी एब सदस्यहरुको उपस्थितिमा गाउँकै जेष्ठ नागरिक देबि प्रसाद गोदारको हातबाट पीडित श्रेष्ठ र उनकी बहिनी दिल कुमारी श्रेष्ठलाइ हस्तान्तरण गरिएको हो । 

क्यान्सर पिडित विरबहादुर श्रेष्ठको पुर्वाञ्चल क्यासर अस्पताल बिर्तामोडमा उपचार भैरहेको एकतप्पा समाज उपाध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

 यस अघि योङहाङ सेवा समाजका अध्यक्ष पंचबहादुर योङहाङको नेतृत्व  १ लाख ५५ हजार  र युवा अभियान्ता विव्लप थापाको नेतृत्वमा ५२ हजर २२ सहयोग रकम संकलन गरेर श्रेष्ठलाइ सहयोग उपलब्ध गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ