arrow

कोरोना संक्रमण : प्रदेश २ मा मृतक १०७, सुदूरमा स्वास्थ्य र सुरक्षाकर्मी संक्रमित

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
covid-test-corona.jpg

जनकपुर । प्रदेश न २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने १२६ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा धनुषाबाट एक जनाको मृत्यु भएको छ । यस प्रदेशमा मृतकको सङ्ख्या १०७ पुगेको छ ।

यसका साथै, सोही अवधिमा सप्तरीमा १५, सिरहामा २१ , धनुषामा २२, सर्लाहीमा ४२, रौंतहटमा दुई, बारामा १५ र पर्सा नौं जना गरी १२६ जना नयाँ संक्रमित थपिएको  समाजिक विकास मन्त्रालयले जनाएको छ । यो समेत यस प्रदेशमा संक्रमितको सङ्ख्या ११ हजार ६६५ जना पुगेको छ । सोमध्ये ३०६ जना उपचार गराइ बिहिबार निको भएर घर फर्केका छन् । योसमेत गरी अहिलेसम्म ६ हजार २४७ जना निको भएर घर फर्केका हुन् ।

यस प्रदेशअन्तर्गत रहेका १७३ वटा क्वारेन्टिनमा बिहिबारसम्म ४४५ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४७९ जना, आइसोलेसनमा ८६४ जना र होम आइसोलेशनमा चार हजार ४४७ जना बसेका छन् ।
    
सुदूरपश्चिममा २०९  स्वास्थ्य र सुरक्षाकर्मी संक्रमित
सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् ।

कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम तालिम शिक्षालयमा ६७ र डोटीस्थित सैनिक गणमा २४ जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।तालिम शिक्षालयमा सुरुमा चार जनामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । अहिले चारै जना सैनिकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।त्यसैगरी स्वास्थ्य निर्देशनालयले संक्रमितको संम्र्पकमा आएको व्यक्ति पहिचान गर्न १०५ वटा सिआइसिटी टोली सुदूरपश्चिम प्रदेशभर खटिएको निर्देशनालयका कोभिड–१९ का सम्र्पक व्यक्ति हेमराज जोशीले बताए ।  “यो टोलीले अहिलेससम्म सुदूरमा संक्रमितहरुको सम्र्पकमा आएका नौ हजार ७० जनाको स्वाब संकलन गरिसकेको छ ।” उनले भने–“यहाँ कन्ट्रयाक टे«सिङबाट अहिलेसम्म १०६ जना सं संक्रमित  फेला परेका छन् ।”

त्यसैगरी कोरोना भाइरस स संक्रमण न्युनीकरणका लागि अग्रपंक्तिमा खटिएका बैतडी बाहेक यहाँका आठ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । यहाँ सबैभन्दा बढी अछाम जिल्लामा ४१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी बझाङ्गमा एक, बाजुरामा सात, डडेल्धुरामा दुई, दार्चुला र डोटीमा एक-एक, कैलालीमा २६ र कञ्चनपुरमा छ जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीतर्फ डडेल्धुरा बाहेक सबै जिल्लामा संक्रमण देखिएको छ ।  जनप्रतिनिधी र अन्य सरकारी कर्मचारीमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । “जनप्रतिनिधी र कर्मचारी गरी यहाँ विभिन्न जिल्ला गरी २६ जनामा संक्रमण देखिएको छ ।” कोभिड–१९ का सम्र्पक व्यक्ति जोशीले भने–“ भारतबाट अन्य मुलुकबाट आएका १०१ जनामा पनि यहाँसंक्रमण देखिएको छ ।”

त्यसैगरी ट्रावल हिस्ट्री नै नभएको ४२ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म ६ हजार एक सय ४५ जनामा संक्रमण देखिएकोमा बुधबारसम्म पाँच हजार नौ सय ९३ जना निको भइसकेका छन् । “एक हजार २६३ जनाको रिपोर्ट आउन बाँकी छ ।” उनले भने–“ यहाँ धनगढी, डडेल्धुरा, डोटी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ ।”

ती मध्ये २९५ जना आइसोलेसनमा बसिरहेका छन् । भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।संक्रमित मध्ये यहाँ एक जनाको आइसियु र अर्को एक जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ । यद्यपि आसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुको संख्या बढेपछि यहाँ समस्या हुने देखिएको छ ।
सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरको अभाव छ । हालसम्म सुदूरमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । उमेर समुहका आधारमा हेर्ने हो भने यहाँ सबैभन्दा बढी एक हजार आठ सय ७५ जना २० देखि २९ बर्ष उमेर समुहका संक्रमित रहेका  छन् ।

 ३७ प्रहरीमा कोरोना
धनगढी स्थित सशस्त्र प्रहरी गण मुख्यालयका ३७जना प्रहरीमा बिहिबार कोरोनाको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सो गणमा कार्यरत प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको हो । 

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले गणमा कार्यरत ७५जनाको स्वाबको नमूना दिइएकोमा ३७ जनामा कोरोना देखिएको जानकारी दिए ।  संक्रमित प्रहरीलाई धनगढीमै रहेको प्रहरीको आवासीय विद्यालयको आइसोलेशनमा राख्न लागिएको छ । यो समेत गरी बिहिबार सुदूरपश्चिम प्रदेशमा ७०जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी,डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै प्रदेशमा कारोना संक्रमितको कूल सङ्ख्या छ हजार २१५पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  कोभिड—१९वाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय संक्रमितको सङ्ख्या पनि४७१पुगेको छ । यस्तै अछाममा ४०बैतडी ५६ बझाङ ७३ बाजुरा नौ, डडेलधुरा पाँच,दार्चुला सात,डोटी ४९, र कञ्चनपुरमा ३३जना सहित प्रदेशमा कूल सक्रिय संक्रमित७४३ पुगेका छन् ।

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष(आइसियू)मा उपचाररत एक जना संक्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उनको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । बिहिबार सम्म प्रदेशमा पिसिआर पद्धतिबाट ६९हजार९७८नमूनाको परीक्षण गरिसकिएको छ ।  नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२हजार ५१७ को दुई दशमलब ७२प्रतिशत हो ।कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा पाँच हजार ४६१ जना पुगेका छन् ।
  
हाल सम्म कोरोनाका कारण कैलालीका छ,बझाङ र बाजुराका दुई-दुई र अछाममा एक जना समेत गरी  ११ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ