arrow

राजनराज र रेखाको घाँसको माया गाईलाई भिडियो सार्वजनिक, एलिजा र दुर्गेशको अभिनय 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
aliza-durgesh-thapa-rajanra.jpg

काठमाडौं। राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वरमा सजिएको नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । ईनाक्षी ईन्टरटेनमेन्टमार्फत उक्त गीतको भिडिओ बिहिवार सार्वजनिक भएको हो । 

राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन् । गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ । रामजनक कटवाल निर्माता रहेको भिडिओको कोरियोग्राफी तथा सम्पादन भने शिब बिकले गरेका छन् । 

भिडिओमा बाल कलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ। भिडिओको सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडिओको छायाँकन अर्जुन तिवारीले गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ