arrow

सन्दीपले १२ विकेट बटुलेको सीपीएलको उपाधि ट्रिनबागोलाई 

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
cpl-winner-trinbago-sandeep.jpg

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ ।

बिहीबार राति भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।

ट्रिनबागोले तेस्रो उपाधि जित्ने क्रममा एउटा खेलमा पनि हार बेहोरेन । ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ ५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

लेन्डेल सिमोन्सले नटआउट रहँदै ८४ रन बनाए भने डरेन ब्राभोले नटआउट ५८ रन बनाए । 

यसअघि सेन्ट लुसियाले १९.१ ओभरमा अलआउट हुँदै १५४ रन बनाएको थियो । ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए ।

यसअघि ट्रिनबागोले सेमिफाइनलमा नेपाली स्पीन बलर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजलाई हराएको थियो ।

सेन्ट लुसियाले गुएना अमेजन वारियर्सलाई हराएको थियो ।

सन्दीपले अन्तिम खेलमा एक विकेट पनि लिएनन् । एक खेल रद्द भएको थियो भने भने बाँकी रहेका सबै खेलमा कम्तीमा १–१ विकेट लिएका थिए । 

सन्दीपले सीपीएलको यो सिजनमा १२ विकेट लिन सफल भएका थिए । उनी अब इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० खेल्न युएई गएका छन् । उनी दिल्ली क्यापिटल्ससँग आवद्ध रहेका छन् । 

सन्दीपले यसअघिका दुई सिजन पनि दिल्लीबाटै खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ