arrow

लिग वानको पहिलो खेलमै पीएसजी पराजित

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
league1-lens.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । 

बिहीबार राति भएको खेलमा पीएसजी यसै सिजन लिग वानमा बढुवा भएको लेन्ससंग १–० गोल अन्तरले पराजित भएको हो ।

लेन्सका लागि इग्नाटियस गनागो गोलकिपर मारकिन बुल्काको गल्तीको फाईदा उठाउँदै विजयी गोल गरे । 

च्याम्पियन्स लिगको फाइनल हारेको पीएसजीका फाइनल खेलेका ७ खेलाडी बिनै पीएसजी मैदान उत्रिएको थियो । 

पीएसजीले पछिल्ला ८ सिजनमा ७ पटक लिग वानको उपाधि जितेको छ । गत सिजन कोरोना भाइरसका कारण सिजन रद्द भएपछि त्यतिन्जेलसम्म खेलिएका खेलको आधारमा पीएसजीलाई लिग विजेता घोषित गरिएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ