arrow

गण्डकीमा ९ सय ११ सक्रिय संक्रमित, २२ जनाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
    
थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई, नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटका ११ र कावासोतीका एक जना छन् । 

प्रदेशमा हालसम्म ५४ हजार ८८९ को पिसिआर परीक्षण गरिएकामा ५२ हजार १४२ जनामा संक्रमण देखिएन । हालसम्म एक हजार ८१४ जना उपचारपछि निको भएको र सक्रिय संक्रमित ९११ रहेको निर्देशनालयले जनाएको छ । 

कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ