arrow

मुल्लाहको मृत्युसँगै उनको उत्तराधिकारी खोज्दै अफगान तालिवान सुमूह

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
akhtar-muhammad-mansor.jpg.jpeg
काबुल । अफगान तालिवान समूह तालिवानका नेता मुल्लाह अख्तर मन्सुरका उत्तराधिकारी खोज्न सङ्घर्षरत् रहेका आतङ्ककारी स्रोतले मङ्गलबार एएफपी समाचार समितिलाई जानकारी दिएको छ । 
 
मन्सुर गत शनिबार पाकिस्तानमा भएको अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । त्यसपछि उनको अनुयायी खोज्नमा तालिवान व्यस्त रहेका हुन् । 
 
उनी मारिएपछि उनको स्थान लिनको लागि तालिवान संस्थापकका छोरा मुल्लाह याकोउब र मन्सुरकै सहायक सिराजुद्दीन हक्कानी दुई जनाको नाम आएको थियो । 
 
तर याकुउबले आफू सो स्थान लिनको लागि कम उमेरको भएको भन्दै अस्वीकार गरेको उत्तरपश्चिम पाकिस्तानस्थित तालिवानस्रोतले जानकारी दिएको एएफपी समाचार समितिले जनाएको.छ । 
 
त्यसैगरी मन्सुरका सहायक तथा हक्कानी सञ्जालका प्रमुख सिराजुद्दीन हक्कानीले आफ्नो व्यक्तिगत कारण देखाई अस्वीकार गरेको बताइएको छ ।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि पाकिस्तानमा भएको अमेरिकी ड्रोन आक्रमणमा मन्सुर मारिएको समाचारको पुष्टि गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 
 
साथै ओबामाले मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणीसमेत गरेको बताइएको छ । 
 
गत शनिबार अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा मुल्लाह मारिएको समाचारको पुष्टि हुन बाँकी रहेको भनी अफगान सरकारले सुरुमा प्रतिक्रिया दिएको भए पनि आइतबार राति नै उक्त समाचारको पुष्टि गरेको थियो । 
 
यसैबीच प्राप्त एक समाचारअनुसार पाकिस्तानले अफगान तालिवान नेता मुल्लाह अख्तर मन्सुर मारिएको पुष्टि गरेको छैन् । 
 
पाकिस्तानी गृह मन्त्रीले मङ्गलबार दिएको जानकारी अनुसार अमेरिकी ड्रोन आक्रमणमा मारिएका व्यक्ति मुल्लाह अख्तार मन्सुर भएको पुष्टि भएको छैन । 
 
यसका लागि ‘डीएनए’ परीक्षणपछि मात्र यस तथ्यको पुष्टि हुने पाकिस्तानी गृहमन्त्रीले बताएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ