arrow

'आत्मबलले कोरोनालाई जिते, बेसारसहितको तातो पानी पिउथेँ'

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
nurse1.jpg

रत्ननगर । भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थालेको एक वर्ष भयो । उनी दन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना संक्रमण पुष्टि भयो । 

“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उनले भनिन्,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनेँ”, उनलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । एक्काइस दिनको अस्पतालको बसाइँपछि उनी कोरोनामुक्त भइन् । अस्पतालबाट घर फर्किदा उनलाई लिन बुबाआमा अस्पताल परिसर पुगेका थिए। “दैनिकजसो मेडिटेसन गर्थे, बेसारसहितको तातो पानी पिउथेँ”,उनले भनिन्,“खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”

एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू संक्रमित हुन पुगेको भन्दै उनले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताइन् । जिल्लाका कोरोना संक्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुव्र्यवहारको प्रयाससमेत भएको थियो । घटनाको चौतर्फी आलोचना भयो । 

डा पौडेलको बसाइँ होस्टलमा भएकाले उनले नमिठो अनुभव बटुल्न परेन । आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उनलाई एकदमै नराम्रो लाग्यो । कोरोना संक्रमण भएकै बेला उनले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गरिन् । 

कोरोना पोजेटिभ भई आइसोलेशनमा बस्नुभएकी पोखरा निवासी डा श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै हुन् । “बिरामीको उपचारमा खटिएकी थिएँ”,उनले भनिन्,“मलाई शुरुमा सुख्खा खोकी देखा पर्‍यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरँे । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”

कोरोना लाग्यो भनेर डराउन नहुने उनको भनाइ थियो । यसबाट छुट्कारा पाउन र अरुलाई पनि संक्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतम बताउनुहुन्छ । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उनको तर्क छ ।  साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा गौतमले बताइन् । 

कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले संक्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उनले आग्रह गरिन् । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो । उन २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त भएकी थिइन्। 

नेपालमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको संक्रमण दर उच्च थियो । क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहिनन् । उनी अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्थिइन्।

 “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”,उनले भनिन्,“छोरालाई सर्‍यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना संक्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ