arrow

एक गरीव यसरी बने अर्बपति, ३० जागीर गुमाउँदा पनि भएनन् निराश

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
jack-ma1.png

काठमाडौं । ज्याक मा, जो आफ्नो प्रारम्भिक जीवनमा ३० जागिरबाट रिजेक्ट भएका थिए । तीनै ज्याकसँग अर्बौं डलरको सम्पत्ति छ। अन्य व्यापारीलाई जस्तो ज्याक मासँग कम्प्युटरको राम्रो ज्ञान थिएन । ज्याकलाई कम्प्युटरको कुनै खास ज्ञान नहुँदा पनि  आफ्नो अनलाइन व्यावसायिक सपना पूरा गरेर विश्वलाई चकित पारे ।

अलीबाबा समूहका संस्थापक ज्याक माको जीवन चुनौतीपूर्ण थियो। ज्याक माको जन्म १० सेप्टेम्बर १९६४ मा चीनको हङ्गजोमा जिहेजिंगको एक गरीब परिवारमा भएको थियो। आफ्नो अंग्रेजी सुधार गर्न, ज्याक मा ९ बर्षसम्म एक पर्यटक गाइडको रूपमा काम गरे । उनी पर्यटक घुमिरहेको बेला अङ्ग्रेजीमा बोल्थे। पर्यटक गाईडको रूपमा काम गर्दा उनि साइकलमा ७० माइलको यात्रा गर्थ्यो।

ज्याक माले एक अंग्रेजी शिक्षकको रूपमा आफ्नो क्यारियर शुरू गरेका थिए । यसभन्दा पहिले उनी ३० वटा फरक ठाउँबाट कामका लागि अस्वीकृत भएका थिए। एक पटक, २४ जनाले केएफसीमा कामका लागि आवेदन दिएका थिए, जसमध्ये २३ व्यक्ति चयन भए तर केवल ज्याक मात्र छानिएनन् ।

ज्याक जागीरका लागि ३० पटक नछानिदा पनि निराश भएनन् र उनको आफ्नो अपार्टमेन्टबाट अलीबाबा कम्पनी सुरु गरे। उनले आफ्ना आफन्त र केहि साथीहरुलाईलाई आफ्नो अनलाइन बजारमा लगानी गर्न राजी गरे। त्यस पछि अक्टोबर १९९९ र जनवरी २००० मा, अलीबाबाले दुई पटक २५ मिलियन डलरको विदेशी लगानी प्राप्त गर्‍यो। फोर्ब्सको २०१८ को सूची अनुसार, ज्याक मा चीनको सबैभन्दा धनी व्यक्ति हुन्। उनको सम्पत्ति ३४.६ अर्ब डलर बताइएको छ ।

शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रुपमा काम गर्दथ्यो। चीनको बढ्दो उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरेपनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो। गत जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कूल राजश्व करिब १७ अर्ब डलर रहेको थियो जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत रहेको कम्पनीले जनाएको छ।

ज्याक भन्छन् कहिले पनि मूल्यमा प्रतिस्पर्धा नगर्नुहोस् तर सेवा र नवीनतामा प्रतिस्पर्धा गर्नुहोस्।

गत बर्ष ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट  राजिनामा दिए। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ