arrow

नेपालका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि दिइयो अनुमति

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
baglung-khani-mines.jpg

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६-७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६-७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । 

त्यसमध्ये १४९ लाई उत्खनन र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुईलगायत छन् । 

यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ । 

विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउछन् ।

 “आव २०७४-७५ र आव २०७५-७६ को तुलनामा आव ०७६-७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ”,उनी भन्छन् । आव २०७४-७५ मा १२६ र आव २०७५-७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । विभागले आव २०७६-७७ मा रु ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रु ७७ करोड तीन लाख राजश्व आम्दानी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ