arrow

विद्यार्थी सिकाईका लागि निशुल्क इन्टरनेट, के भन्छन् इन्टरनेट सेवा प्रदायक?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
internet1.jpg

काठमाडौं । सरकारले विद्यार्थी सिकाई निर्देशिका जारी गर्दै विद्यार्थीका लागि निशुल्क इन्टरनेट÷डाटा उपलब्ध गराइने जानकारी गराएको छ ।

बिहीबार निर्देशिका कार्यान्वयनका सम्बन्धमा सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको सिकाईका लागि निसुल्क वा सहुलियत दरमा इन्टरनेट डाटा उपलब्ध गराउने जानकारी गराएको हो ।

‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुनेगरी निशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय तथा विद्यार्थीलाई निशुल्क उपलब्ध गराउने’ विद्यार्थी सिकाईका लागि संघ सरकारको भुमिका रहने निर्देशिकामा उल्लेख गरिएको छ ।

के भन्छन् इन्टरनेट व्यवसायी?

सरकारले निशुल्क इन्टरनेट उपलब्ध गराउने विषयमा आफुहरुसँग कुनै छलफल भएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले इन्टरनेट निसुल्क दिने चीज नभएको भन्दै आफुहरुसँग छलफल नगरिएको बताए । ‘नेपाल टेलिकममार्फ निसुल्क गराउने भन्ने मैले पनि समाचारहरुमा पढेको’ उनले भने, ‘हामीलाई औपचारिक रुपमा त्यस्तो केही पनि आएको छैन सरकारी तवरबाट । औपचारिक रुपमा आएपछि छलफल गरेर त्यही अनुसार अगाडी बढ्छौं ।’

विद्यार्थीको वर्गीकरण

यसैबीच सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित भएको लाखौं विद्यार्थीको पढाई सुचारु गर्न विद्यार्थी सिकाई निर्देशिका जारी गर्दै विद्यार्थीको वर्गीकरण गरिने जानकारी गराएको छ ।

गत भदौ १९मा जारी निर्देशिका अनुसार आगामी असोज १ गतेबाट विद्यार्थी सिकाई कार्यक्रम लागु गर्न सरकारले बिहीबार सूचना जारी समेत गरिसकेको छ ।

निर्देशिकामा गरिएको व्यवस्था अनुसार विद्यार्थीलाई ५ समुहमा वर्गीकरण गर्न सकिन्छ ।

जस अनुसार पहिलो सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थीको समुह रहेको छ ।

त्यस्तै रेडियो, एफएम रेडियको पहुँचमा भएका विद्यर्थीको समुह, टेलिभिजनको पहुँचमा भएका विद्र्यीको समुह, कम्प्युटर भएको र अनलाईन कनेक्टिभिटी नभएका विद्यर्थी समुह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यर्थी समुह गरी ५ वर्गीकरण गरेर अध्यापन गराउन सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ