arrow

राजश्वको तीन महिने अप्रेसनः कुर्ता सलवारदेखी ट्याक्सीसम्म नियन्त्रणमा

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
Revenue_Investigation_Dept.jpg.jpeg
काठमाडौं। राजश्व अनुसन्धान विभाग कुनैपनि राजश्व छलि तथा राजस्वमा सरकारलाई लुकाई छिपाई गरिएका कारोबारहरूको अनुसन्धान गरि त्यस्ता विषयमा संलग्न विरूद्ध मुद्दा दायर गर्ने निकाय हो। आफूलाई शंका लागेको ठाउँ तथा उजुरीको आधारमा छापा मार्दा भेटिएका विवरणहरूलाई विश्लेषण गर्दा नेपालमा नूनदेखि सुनसम्मका सामग्रीहरू बरामद गरेर विभिन्न निकायमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ। 
 
निर्णय हुनबाँकी विषय धेरै भएकोले पक्राउ परेका व्यक्ति तथा सिल गरिएको व्यवसायको नाममा उल्लेख नगरिएको भएपनि साना साना बस्तुदेखि ठूला परिणामका बस्तुहरूमा समेत राजश्व ठगि हुनेगरेको विभागको तथ्याङ्कले देखाएको छ।
 
विभागले दिएको जानकारी अनुसार पछिल्लो तीन महिनाको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा कूल २६ वटा चोरी पैठारी तथा ठगीको मुद्दामा पाँच वटा मुद्धामा मात्रै फैसला भएको छ। बाँकी मध्ये २१ वटै निर्णय तथा फैसला हुन बाँकी रहेको छ। 
 
चालू आर्थिक वर्षको फाल्गुन महिनामा विभागले नौ वटा विषयमा सामान बरामद गरेको थियो। जसमध्ये नौ किलो ५०९ ग्राम सुन तथा १३ किलो १९८ ग्राम चाँदी थियो। त्यस्तै, ९९ थान गलैंचा, ६ हजार तीन सय ६३ मिटर मलमल कपडा तथा ६ बोरा सुर्ती समेत बरामद गरिएको विभागद्वारा दिईएको विवरणमा उल्लेख छ। त्यससँगै उलन कुर्ता सलवार एक सय २३ पीस, रजनीगन्धा २२ सय ३६ प्याकेट, कुर्ता सलवार ७८ पीस र अर्को ४ बोरा रजनीगन्धा समेत बरामद गरिएको छ।
 
यसरी बरामद गरिएकोमा सुनको मुद्दा जिल्ला अदालतमा पुगेको छ भने रजनीगन्धाका दुई विषय तथा कुर्ता सलवारको विषयमा सामान जफत गर्ने निर्णय भएको हो। बाँकीको भने निर्णय हुन बाँकी रहेको विभागले जनाएको छ। 
 
त्यसैगरी, चैत महिनामा पनि नौ वटै मुद्दा दायर गरेको विभागले चैत महिनाका मुद्दामा भने सबै निर्णय हुन बाँकी रहेको छ। यो महिनामा टिसर्ट समेतका सामानमा, कुर्ता सलवार, टप्स र सलवार कुर्ता समेत, सुन ४१८ ग्राम, मुगा जडित सुनको जन्तर २६.५ तोला, जिन्स पाइन्ट समेत, रेडिमेड कपडा, टिसर्ट भेष्ट समेत, चाँदिका गहना दुई किलो ७१४ ग्राम रहेको विभागले जनाएको छ। 
 
त्यसैगरी, बैशाख महिनाका बाँकी ८ वटा मध्ये मुद्दामध्ये महापसन्द गुटखा ७० प्याकेट र राम निवास सुर्ती ७० प्याकेट सामान जफत हुने फैसला भएको छ भने तुलसी व्राण्ड सुर्ती ४२२ प्याकेट जफत हुनेगरी फैसला भएको विभागले जनाएको छ।
 
बा१ज २४७३ र बा १ ज २४९६ का ट्याक्सी, १ सय ७७ थान सर्ट, केही मल्टीप्लग, एक किलो सुन, विभिन्न चाँदीका गहना ७४ सय ६३ ग्राम तथा १८ किलो सुको मुद्दामा निर्णय तथा फैसला हुन बाँकी रहेको विभागले जनाएको छ । 
 
राजश्व छलि गरेर विभिन्न सीमानाकाबाट नेपाल भित्र्याएका तथा नेपालमै पनि राजश्व छलि गरेका व्यवसायीहरूको अनुसन्धान गरेर कारबाही गर्ने जिम्मेवारी विभागले पाएको छ। उसको तीन महिनाको कार्यप्रगतिको विषयमा विभागले उपलब्ध गराएको विवरणले यी सामानहरूको विषयमा मुद्दा परेको जनाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ