arrow

कोरोनामुक्त भए नेयमार 

logo
प्रकाशित २०७७ भदौ २७ शनिबार
neymar5.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार कोरोना भाइरसबाट मुक्त भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध नेयमारले शुक्रबार आफु कोरोनाबाट मुक्त भएको बताएका हुन् ।

नेयमारले ट्वीटरमार्फत कोरोनामुक्त भएको बताएका हुन् । उनले प्रशिक्षणमा फर्किएको समेत बताएका छन् ।

एक साता अघि नेयमारसहित पीएसजीका एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भएको थियो ।

यस्तै पछिल्लो पटक पीएसजीका अर्का स्टार केलियन एमबाप्पेलाई समेत कोरोनाको संक्रमण देखिएको छ ।

उनीहरु आइसोलेसनमा बसेका छन् ।  महत्वपूर्ण खेलाडीहरु कोरोनाको शिकार भएपछि फ्रेन्च लिग वानको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पीएसजी अहिले बढुवा भएको क्लबसँगै पराजय बेहोर्नु परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ