arrow

इंगल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियालाई 

logo
प्रकाशित २०७७ भदौ २७ शनिबार
australia-cricket1.jpg

काठमाडौं । इंगल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले बाजी मारेको छ । म्यान्चेष्टरमा शुक्रबार राति भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी भएको हो । 

२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले १ सय १८ तथा जोनी बेयरस्टोले ८४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अष्ट्रेलियाका जोस हेडलहुडले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ९४ रन बनायो ।

ग्लेन म्याक्सवेलले ७७ तथा मिचेल मार्शले ७३ रन बनाए । इंगल्याण्डका मार्क उड र आर्चर जोफ्राले ३–३ विकेट लिए । 

तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० ले अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ