arrow

इतिहासमा सेप्टेम्बर १२ जहाँ माओवादीदेखि हिटलरसम्मको जोडिन्छ प्रसंग 

logo
प्रकाशित २०७७ भदौ २७ शनिबार
adolf-hitler.jpg.jpeg

काठमाडौं । शनिबार । भदौ २७ गते । सेप्टेम्बर १२ तारिख । इतिहासमा यो दिन विशेष दिनका रुपमा मानिन्छ । 

नेपाली राजनीतिमा पनि यो दिनले विशेष अर्थ राख्छ । अर्थात् १२ तारिखले । आजभन्दा १८ वर्षअघि नेपालमा सशस्त्र द्धन्द्धमा होमिएको माओवादीले युद्धविरामका लागि प्रस्ताव राखेको थियो । 

त्यसपछिमात्र बनेको थियो शान्ति अनि माओवादी अहिले सत्तामा छ नेकपाका नामबाट । यसअघि जनयुद्ध गरेका पुष्पकमल दाहाल प्रचण्ड २ पटक र डा बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बनिसकेका छन् । 

–१०१ वर्षअघि विश्वकै तानाशाहमध्येका एक एडल्फ हिटलर राजनीतिमा होमिएका थिए । उनले यसै दिन जर्मन वर्कर्स पाटीृको पहिलो बैठकमा सहभागीता जनाएका थिए । 

यहाँबाटै राजनीतिमा होमिएका उनी शौकमार्फत अगाडि बढे र विश्वलाई नै ध्वस्त पार्न लागि परे । 
पहिलो बैठकमै अरुले बोलेका कुरा भन्दा फरक धारणा राखेर उनी चर्चामा आए । 

राष्ट्रवादको मुद्दामा उनले दिएको चर्को भाषणले उनलाई पार्टीको सदस्य बन्ने निमन्त्रणा दिइयो । जब उक्त पार्टीको सदस्य बने तब दुई वर्षमै पार्टीको सर्वेसर्वा भए । 

पार्टीको नाम नै बदलेर नाजी पार्टी बनाए । पहिलो विश्वयुद्धपछि हिटलरको पार्टीले जर्मनीमा बढेको बेरोजगारको मुद्दा उठायो । यहूदी विरोधी भावनालाई उकास्यो । 

सन् १९३० सम्म पुग्दा नाजी जर्मनीको उक ठूलो तागत बन्यो । अनि सन् १९३३ मा हिटलर जर्मनीका चान्सलर बने । र दोस्रो विश्वयुद्धमा धकेले । 

–सन् १९४४ मा पहिलो पटक जर्मनीमा अमेरिकी सेना प्रवेश गरेको थियो । दोस्रो विश्वयुद्ध सकिएपछि जर्मनी युरोपमा अमेरिकी रक्षा रणनीतिको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । 

–१२ सेप्टेम्बर १९५९ मा लुना–२ चन्द्रमामा लन्च गरियो । तत्कालीन सोभियत संघले उक्त अन्तरिक्ष यान लन्च गरेको थियो । ३३ दशमलव ५ घण्टापछि उक्त यान चन्द्रमाको सतहमा विष्फोट भएको थियो । यसबाट प्रमाणित भएको थियो कि चन्द्रमामा गुरुत्वाकर्षण बल कम हुन्छ । 

–सन् १८७३ मा पहिलो टाइपराइटर ग्राहकलाई बेचिएको थियो । 

–सन् १९२८ मा फ्लोरिडामा भीषण तुफान आउँदा ६ हजार जनाको ज्यान गएको थियो । 

–सन् १९९१ मा अन्तरिक्ष शटल एसटभीएस ४८ को प्रक्षेपण भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ