arrow

सैफ अलि खानकी छोरी सारा अलि ड्रग्स प्रयोगकर्ता रहेको खुलासा

नायिका रकुल प्रित सिंह सहित ४ जना पनि जोडिए ड्रग्समा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २७ शनिबार
rakul-prit-singh-sara-ali-k.jpg

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह मृत्यु प्रकरण छानविनको क्रममा खुलासा भएको ड्रग्स नेक्ससले बलिउडमा तहल्का मच्चाएको छ । सुशान्त सिंहकी गर्लफ्रेन्ड रिया चक्रवर्तीले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानका क्रममा बलिउडका २५ ड्रग्स प्रयोगकर्ताको नाम उल्लेख गरेसँगै बलिउडमा यो प्रसंगले तहल्का मच्चाएको छ । 

रिया चक्रवर्तीले लिएका २५ नाममध्ये ५ जनाको नाम नार्कोटीस कन्ट्रोल ब्युरो स्रोतलाई हवाला दिदै कतिपय भारतीय मिडियाले सार्वजनिक गरेका छन् । यि नाममा बलिउडका चर्चामा रहेका कलाकारहरु पनि परेका छन् । 

रियाले दिएको २० पृष्ठ लामो वयानमा ड्रग्स प्रयोगकर्ताको पहिलो नाममा बलिउड कलाकार सेफ अलि खानकी छोरी सारा अलि खान रहेकी छिन्। खानसँगै कलाकार रकुल प्रित सिंह, डिजाइनर सिमोन खंबाटा, मिडियाकर्मी रोहिणी अय्यर, कास्टिङ डाइरेक्टर मुकेश छावडाको नाम पनि रियाले लिएकी छिन् ।  

यि ५ जनाको नाम बाहिर सार्वजनिक भएसँगै बयानमा उल्लेख अन्य २० जनाको नामको पनि खोजी शुरु भएको छ । नार्कोटीस कन्ट्रोल ब्युरोले रियाले नाम लिइएका सबै व्यक्तिकोफ बारेमा अनुसन्धान शुरु गरेर प्रमाण जुटाउन लागेको छ। यहि क्रममा उनीहरुलाई बोलाएर सोधपुछ गर्ने तयारी पनि रहेको मिडिया रिपोर्टमा छ । 

सेफ अलि खानकी छोरी सारा अलि खान २०१८ मा केदारनाथ फिल्ममा सुशान्त सिंहसँग काम गरेकी थिइन । सारा सुशान्त सिंहको साथी रहेको र उनको थाइल्याण्ड ट्रीपमा समेत रहेको स्वयं रियाले बताएकी थिइन । सुशान्तको साथी रहेकी रिया पछि रिया सहितको ड्रग्स लिने साथी समेत रहेको नार्कोटीस कन्ट्रोल ब्युरोलाई दिएको बयानलाई उदृत गर्दै मिडियाहरुले जनाएका छन्। 

रियाले आफ्नो बयानमा उल्लेख गरेकी सारा र रकुलको नाम मिडियामा आएपछि अहिले सामाजिक संजालमा उनीहरुको मेमे भाइरल भइरहेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ