arrow

रातो बङ्गला देखि राजश्री गुरुकुल सम्मका विद्यालयलाई कारबाही गर्न माग

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
school-new-p.jpg.jpeg
काठमाडौंं ।  नेवि संघ अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल क्रान्तिकारीलगायत १४ विद्यार्थी सङ्ठनले संयुक्तरुपमा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्न माग गरेका छन् । 
 
ती विद्यार्थी सङ्गठनले संयुक्तरुपमा वुधबार पत्रकार सम्मेलन गरी काठमाडौं, ललितपुर र भक्तपुरका १३ विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयसंग माग गरेका हुन् । विद्यार्थी सङ्गठनले रातो बङ्गला, डिएभी, लिटिल एन्जेल्स, आइडियल मोडेल, जेम्स, वृहस्पति, सिद्धार्थ वनस्थली, ग्यालेक्सी, एसएवि, अक्सिडेन्टल, मातृभूमि, राजश्री गुरुकुल लगायतलाई कारबाही गर्न माग गरेका हुन् । 
 
नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले ती विद्यालयमा अनुगमन गर्दा आर्थिक अपारदर्शी भएको पाइएको, कक्षा १ मा अधिकतम ३० हजारभन्दा बढी शुल्क उठाइएको, छात्रवृत्ति अनियमिता तथा अपारदर्शी भएको, अनावश्यक शीर्षकमा शुल्क लिइएको पाइएको, भौतिक संरचना मापदण्ड विपरित पाइएको जानकारी दिए । सो निर्देशिकालाई तत्काल कार्यान्वयन गर्न आजै शिक्षामन्त्री गिरीराजमणि पोखरेलको ध्यानाकर्षण गराइने प्रवक्ता लामिछानेले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ