arrow

गण्डकीमा ४५ जना कोरोना सङ्क्रमित थप

logo
रासस,
प्रकाशित २०७७ भदौ २७ शनिबार
province-4.jpg

गण्डकी। गण्डकी प्रदेशमा ४५ जना कोरोना सङ्क्रमित थपिएका छन्। अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) देबचुली ३४, कास्कीको पोखरा महानगरपालिका १० र गोरखाको आरुघाटका एकजना रहेका छन्। शुक्रबार राति १:१५ बजे पोखरा महानगरपालिका–५ की ४५ वर्षीय महिलाको पोखरास्थित फिष्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाको सङ्क्रमणले हालसम्म २४ जनाको मृत्यु भएको  छ।

प्रदेशमा हालसम्म ५५ हजार ६९९ जनाको पिसिआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण देखिएको छैन भने उपचारपछि एक हजार ८४९ जना निको भइसकेका छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९९२ जना रहेको निर्देशनालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ