arrow

सेप्टेम्बर १३ः कश्मीर भारतमा रहन्छ कि पाकिस्तानमा जान्छ भन्ने जवाफ पाएको दिन  

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
nehru-jayanto-chaudhary-nij.jpg

काठमाडौं । सेप्टेम्बर १३ पनि इतिहासका लागि विशेष दिन हो । यो दिन कश्मीर भारतमा रहन्छ वा पाकिस्तानमा जान्छ ? भन्ने प्रश्नको जवाफ पाएको दिन हो । 

९१ वर्ष पहिले सन् १९२९ का दिन महान क्रान्तिकारी भगत सिंहका साथी जतिन दासले लाहौर जेलमा भोक हड्तालका दौरान दम तोडेका थिए । 

त्यहीँ जवाहरलाल नेहरुले सन् १९४७ मा यसै दिन ४० लाख हिन्दू र मुसलमानको पारस्परिक स्थानान्तरणका  लागि प्रस्ताव गरेका थिए । 

कश्मीरको मुद्दा यस्तो मुद्दा हो जसलाई लिएर भारत र पाकिस्तानबीच आजको दिन पनि तनाव छ । लर्ड माउन्टबेटनका राजनीतिक सल्लाहकार वीपी मेननको पुस्तक ‘इन्टिग्रेशन अफ द इन्डिया स्टेट्स’ मा लेखिए अनुसार भारत स्वतन्त्र हुनु दुई महिना पहिलेसम्म लर्ड माउन्टबेटनले कश्मीरका राजा महाराजा हरि सिंहसँग भनेका थिए – यदि उनी पाकिस्तानसँग जाने फैसला गर्छन् भने भारतले कुनै हस्तक्षेप गर्ने छैन ।

सरदार पटेलका राजनीतिक सचिव रहेका बी शंकरले ‘माइ रेमिनिसेन्सेज अफ सरदार पटेल’ मा १३ सेप्टेम्बर १९४७ को बिहान पटेलले रक्षामन्त्री बलदेव सिंहलाई पत्र लेखेर कश्मीरले चाहे पाकिस्तानमा सामेल हुन सक्ने उल्लेख गरेका थिए । त्यसै दिन पटेललाई जानकारी भयो कि पाकिस्तानले जुनागढको बिलयको प्रस्ताव स्वीकार गरेपछि उनी भड्किएका थिए । 

पटेलले ‘यदि पाकिस्तान हिन्दू बाहुल्य भएको मुस्लिम शासकको जुनागढलाई आफ्नो हिस्सा बनाउन सक्छ भने भारत मुस्लिम बाहुल्य भएको कश्मीरलाई किन लिन सक्दैन ?’ भनी प्रश्न तेस्र्याएका थिए । 

आजको दिनमा आएर जुनागढ र कश्मीर दुवै भारतसँगै छन् । कश्मीरको केही भाग पाकिस्तानको कब्जामा छ । 

इतिहासमा १३ सेप्टेम्बर
– सन् १७९१ मा फ्रान्सका राजा लुई १४ औं ले नयाँ संविधान लागु गरेको दिन । 
–सन् १८८२ मा एङ्लो–इजिप्ट युद्धमा तेल अल केबिरले लडाई लडेका थिए । 
–सन् १९१४ को पहिलो विश्वयुद्ध मा जर्मनी र फ्रान्सबीच एस्नेको लडाइँ सुरु भएको दिन । 
–सन् १९२२ मा लिबियाको एल अजिजियामा जमीनमा सबैभन्दा बढी ५८ डिग्री सेल्सियस तापक्रम नापिएको थियो । यो छायाँमा नापिएको थियो । 
–सन् १९२३ मा सैन्य शासन लागु भएको थियो । ट्रेड युनियनमाथि १० वर्षका लागि प्रतिवन्ध लागेको थियो । 
– सन् २००७ मा नासाका वैज्ञानिकले वृहस्पति भन्दा तीन गुणा ठूलो ग्रह पत्ता लगाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ