arrow

गण्डकी प्रदेशमा ३६ जना कोरोना संक्रमित थपिए, मृतक २३ पुगे

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
covid-test-positive-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा आइतबारमात्रै ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहान ७ः५० बजे र ९ बजे गराइएको जानकारी अनुसार कास्कीमा छ जनासहित गण्डकीमा ३६ जना संक्रमित थपिएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १, ५ , ६, ९, १६, २६ मा एक–एक जना संक्रमित थपिएका हुन् । यस्तै लमजुङमा १७ जना संक्रमित थपिएका छन् । जसमा १६ जना नेपाली सेनामा कार्यरत छन् ।

यता, स्याङ्जामा चार, नवलपरासी पूर्वमा आठ र तनहूँमा एक जना संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या २९ सय ३५ जना पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

अहिलेसम्म गण्डकीमा २३ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ