arrow

अखुन्जादा आतङ्ककारी संगठन तालिवानको प्रमुखमा नियुक्त

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
99042308_In_this_undated_and_unknown_location_photo_the_new_leader_of_Taliban_fighters_Mullah_Haibat-large_trans++pKa-2WSzJ_u_CsroFjOAjE0ppZ6LU3uprSAKGhJQSkE.jpg.jpeg
काबुल । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुरमा मारिएपछि सो संगठनले नयाँ प्रमुख नियुक्त गरेको समाचार छ । 
 
उक्त संगठनले बुधबारै नेता मुल्लाहको निधनको पुष्टि गरेको थियो । उक्त समाचारको तालिवान संगठनले पुष्टि गरेसँगै उनको स्थानमा नयाँ नेता पनि नियुक्त गरिएको समाचारमा जनाइएको छ । 
 
मौलाबि हैबतुल्लाह अखुन्जादालाई सो आतङ्ककारी संगठनको नयाँ नेताका रुपमा चयन गरिएको समाचार सो संगठनले दिएको छ । 
 
अफगानस्तिानमा विगतका वर्षहरुदेखि सशस्त्र विद्रोह र हिंसा मच्चाइरहेको सो संगठनका मुख्य नेताको मृत्युको समाचार केही दिनयतादेखि विभिन्न सञ्चारमाध्यममा आएको थियो । 
 
सो समाचारको बुधबार तालिवानले पुष्टि गरेका हुन् । उनीहरुले आफ्नो वेभसाइटमा सो समाचारको आधिकारिकता पुष्टि गर्ने सामग्रीहरु राखेका छन् । 
 
अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा ती मुल्लाह पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार सबैभन्दा पहिला अमेरिकी सेनाले दिएको थियो । 
 
इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको बुधबार बसेको लिडरसिप काउन्सिलको बैठकले उनलाई चयन गरेको समाचारमा जनाइएको छ । 
 
उक्त काउन्सिलले गरेको निर्णयमा नयाँ नेता विवादरहित रुपमा नियुक्त गरिएको जनाइएको छ । नयाँ नेताको बारेमा कुनै परिचय भने उक्त समाचारमा दिइएको छैन । 
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्नुभएको थियो । 
 
नयाँ नेता अखुन्जादाले तालिवानको उपप्रमुखको रुपमा रही काम गरेका थिए । उनी तालिवानहरुको सो काउन्सिलको सदस्य समेत रहेका थिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ