arrow

चितवनमा ठिक नभएपछि काठमाडौँ लगिएकी महिलाको कोरोनाबाट टिचिङमा मृत्यु

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
corona-teaching-hospital.jpg

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । 

आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जानकारी गराएको छ ।

ती महिलामा मुटुसम्बन्धी समस्या रहेको थियो । भदौ २० गते अस्पतालमा भर्ना भएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । 

उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौँ लगिएको जनाइएको छ । योसँगै तनहुँमा कोरोना संक्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ ।

 यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ