- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यी संसारका त्यस्ता महंगा कार हुन् जसको मुल्य सुनेर प्राय सबै जिब्रो टोक्ने गर्दछन् । यी कारलाई समान्य कमाइ भएका व्यक्तिले कल्पना गर्न पनि असामन्य बिषय हो । कार चढ्नुलाई अहिलेपनि हाम्रो समाजमा बिलासिताको प्रतिक मानिन्छ । सन् २०१८ को सेप्टेम्बरमा गरिएको एक अध्ययन अनुसार निम्न कारहरु महंगा कारको सुचीमा छन् । हेरौ संसारका १० महंगा कारहरु -
१०. कोइनिगसेग रिगेरा
संसारका महंगो कारको सूचीमा रहेको यो कारको मूल्य २ मिलियन अमेरिकी डलर रहेको छ । १० औँ महंगो कारको सुचीमा रहेको कोइनिगसेग रिगेराको नेपाली मुल्य २३ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ ।
९. कोइनिगसेग वन. १
कोइनिगसेग वन. १ को मूल्य पनि २ मिलियन अमेरिकी डलर रहेको छ । संसारका महंगो कारको सूचीमा १० औँ स्थानमा रहेको कोइनिगसेग वन. १ को नेपाली मुल्य २३ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ ।
८. बुगाटी चिरोन
यो कार संसारको महंगो टप टेन कारमा छ । यसको मूल्यमा २. ५ मिलियन अमेरिकि डलर छ । ८ औँ स्थानमा रहेको बुगाटी चिरोनको नेपाली मुल्य २८ करोड ८० लाख ३७ हजार रुपैयाँ रहेको छ ।
७. फरारी एफ ६० अमेरिका
फरारी एफ ६० अमेरिकाको मूल्य पनि २. ५ मिलियन अमेरिकि डलर रहेको छ । ७ औँ स्थानमा रहेको फरारी एफ ६० अमेरिकाको नेपाली मुल्य २८ करोड ८० लाख ३७ हजार रुपैयाँ रहेको छ ।
६. पगानी हुआयरा
संसारका महंगो कारको सूचीमा रहेको यो कारको मूल्य २.६ मिलियन अमेरिकी डलर रहेको छ । ६ औँ महंगो कारको सुचीमा रहेको पगानी हुआयराको नेपाली मुल्य २९ करोड ९५ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
५. फरारी पिनिनफरीना सर्जियो
फरारी पिनिनफरीना सर्जियोको मूल्य ३ मिलियन अमेरिकि डलर रहेको छ । फरारी पिनिनफरीना सर्जियोको नेपाली मुल्य ३४ करोड ५६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
४. डब्ल्यू मोटर्स, लाइकन हाइपर स्पोर्ट
यो पहिलो अरेबियन सुपर कार कम्पनी हो । यो कारको मूल्य ३८ करोड रुपैयाँ भन्दा बढी छ ।
३. लेम्बोर्गिनी वेनीनो
लेम्बोर्गिनी वेनीनोलाई ४.५ अमेरिकि डलर पर्छ । यसको नेपाली मुल्य ५१ करोड ८४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
२. कोइनिगसेग सीसीएक्सआर ट्रिवीटा
कोइनिगसेग सीसीएक्सआर ट्रिवीटा महंगा कारको सुचीमा दोस्रो स्थानमा छ । ४.८ मिलियन अमेरिकी डलर पर्ने यो कारको नेपाली मुल्य ५५ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ ।
१. फरारी २५० जिटीओ
बजारमा नपाउने यो गाडी संसारको सबैभन्दा महंगो कारको सूचीमा १ नम्बरमा छ । यसको मुल्य ४८ मिलियन ४० थाउजेन अमेरिकी डलर रहेको छ । सन् २०१३ मा एक मात्र पिस विकेको एक कारको मूल्य ५ अर्व ८४ करोड रुपैयाँ पर्छ ।