अधेरी रात्रीमा मानिसले कसरी गर्छ काम, याज्ञवल्क्यले बुझाए रहस्य
प्रकाशित २०७७ भदौ २८ आइतबार
634
Shares
काठमाडौं । एक पटक राजा जनकले महर्षि याज्ञवल्क्यसँग सोधे, 'महाराज मनुष्य दिनमा जब आफ्नो दिनचर्याको कार्यहरु गर्छ तब कसको प्रकाशबाट प्रकाशित भएर कार्य गर्छ ?' याज्ञवल्क्य ऋषि जवाफ दिन्छन्,' राजन् उनिहरु सूर्यको प्रकाशबाट प्रकाशित भएर कार्य गर्छन् ।'
राजा जनक फेरी सोध्छन्,' महाराज जब सूर्यास्त हुन्छ सूर्य लुक्छ तब रात्रीमा कसको प्रकाशबाट प्रकाशित भएर एक व्यक्ति कार्य गर्छ ?' महर्षि याज्ञवल्क्य भन्छन्, 'तब चन्द्रमा र ताराहरुको प्रकाशबाट प्रकाशित भएर एक व्यक्ति काम गर्छ ।' सोधे महाराज जब उनीहरुको पनि प्रकाश हुदैन अधेरी रात्रीमा जब आकाशमा बादल लाग्छ तब चन्द्रमा तारा देखिदैन तब एक व्यक्ति कसको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ?'
महर्षि भन्छन्,'तब व्यक्ति वाणीको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ।' कोठा भित्र बत्ति गए तब तपाई के गर्नुहुन्छ कि आवाजको सहारा कुरा गर्दै आफ्नो बाटो फैलाउनुहुन्छ । वा दोस्रो व्यक्तिले अध्यारोमा बोलाइरहेको छ भने तपाई आवाजको ज्योतीको साहारा त्यसलाई भेटाउनुहुन्छ । राजा जनक फेरि भन्छन्, 'ऋषि जब सूर्य चन्द्रमा ताराको किरण हुदैन, वाणीको प्रकाश पनि हुदैन जब व्यक्ति अन्धो, बहिरो र लाटो हुन्छ तब उ कसको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ?'
महर्षि याज्ञवल्क्य भन्छन् तब त्यो व्यक्ति आत्माको शक्तिमा आत्माको प्रकाशबाट प्रकाशित भएर काम गर्छ। अत: आत्मा नै हाम्रो शरीरको मूल हो । जबसम्म आत्मा हाम्रो शरीरमा छ तबसम्म यसको अर्थ छ । आत्मा बिना शरीर व्यर्थ छ ।
जसप्रकार ट्रान्जिस्टर भित्रको व्याट्रिले हजारौ पुर्जालाई चलाउछ त्यसै प्रकार आत्माले शरीरलाई चलाउछ । जब तपाई त्यस व्याट्रीलाई निकाल्नुहुन्छ जति पनि यन्त्रपूर्जा त्यस ट्राजिस्टरमा लगाइएको छ ती सबै बेकार हुन्छ। त्यसले काम गर्न सक्दैन । ठीक यसै प्रकार यो जुन आत्मारुपी व्याट्री हामी भित्र छ त्यस शक्तिको बिना यो मानव शरीर बिल्कुल काम गर्न सक्दैन ।