arrow

‘अपग्रेड टु हेल्दी लाईफ स्टाईल’ अफरमा एलजीको छुटैछुट

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
lg-upgrade-dashain.jpg

काठमाडौं। एलजीले चार्डपर्वलाई लक्षित गरी ‘अपग्रेड टु हेल्दी लाईफ स्टाईल’अफर ल्याएको छ। स्वच्छ रहौं र एलजीसँग अझै धेरै बचत गरौं भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलजीको कुनै पनि घरायसी सामानहरुको खरिदमा ४० प्रतिशत सम्म छुटका साथै आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ।

घरायसी सामानहरु खरिद गरी आफ्नो घरमा विशेष परिवर्तन ल्याउन चाहने ग्राहकहरुका लागि यो समय अवसरको रुपमा लिन सकिने छ। एलजीले यस अफर अन्तर्गत ४० प्रतिशतसम्म क्यास ब्याक साथै घरेलु उपकरणहरु खरिद गर्दा अकर्षक उपहार प्रदान गर्ने बिज्ञप्तिमा उल्लेख छ।

घरेलु उपकरण अन्तर्गत साईड बाई साईड रेफ्रीजेरेटर खरिद गर्दा एलजीको माईक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर,  ८ केजी सम्मको फ्रन्टलोड वासिङमेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, ९ केजी भन्दा माथि र वासर ड्रायर वासिङमेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आईरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान जस्ता उपहारहरु साथै अकर्षक छुट पनि प्रदान गरेको छ।

साथै टिभी म्युजिक सिस्टम, भ्याकुम क्ल्निर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४० प्रतिशत सम्म क्यास ब्याक पनि प्रदान गरेको बताएको छ।

यो अफर भदौ २८ गते देखि सिमित अवधिका लागि नेपाल अधिराज्यभरी लागू हुने एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्स प्रालिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ