arrow

मौरिन्हो रिसाए, भन्छन्–मलाई मेरो टिम मन परेन 

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
maurinho-tottenham.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो भिडन्तमै टोटनह्याम हट्सपर पराजित भएको छ । टोटनह्याम घरेलु मैदानमा एभर्टनसंग पराजित भएको हो । 

आइतबार राति भएको खेलमा टोटनह्याम १-० गोल अन्तरले पराजित भयो । एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए ।
एभर्टनले थप गोलको सुनौलो मौका समेत गुमाएको थियो । उसले टोटनह्यामको पोस्टमा आधार दर्जन आक्रमण गरेको थियो ।

त्यस्तै टोटनह्यामका फरवार्डहरु पनि गोल गर्न चुकेका थिए । 

मौरिन्हो रिसाए 
सिजनको पहिलो खेलमै हार बेहोर्दा ग्ल्यामर प्रशिक्षक टोटनह्यामका जोजे मौरिन्हो रिसाए । 

उनले पहिलो खेलमै हार बेहोर्दा ‘मलाई मेरो टिम मन परेन’ भनी प्रतिक्रिया दिएका छन् । उनले आफ्ना खेलाडीहरुलाई ‘लेजी’ भनेर गाली गरेका छन् । 

उनले आफ्ना खेलाडीहरु खेल्नका लागि योग्य नभएको समेत आरोप लगाएका छन् । 

उनले भने, ‘यो नराम्रो फिटनेस र खराव प्रि–सिजनको परिणाम हो ।’

अर्को खेलको परिणाम
आइतबार रातिको अर्को खेलमा लेस्टर सिटीले वेष्टब्रोमविच आल्बियनलाई ३–० गोल अन्तरले हरायो । 

लेस्टरलाई अवे खेलमा जित दिलाउन जेमाइ भार्डीले पेनाल्टीबाट २ गोल तथा टिमोथी कास्टाग्नेले १ गोल गरे । 

गोल अन्तर फराकिलो बनाएसँगै लेस्टर अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ