arrow

नेयमारलाई रातो कार्ड, एकै खेलमा पाँचलाई रातो, एक दर्जन पहेंलो 

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
neymar-psg1.jpg

काठमाडौं । ब्रजिलियन फुटबल स्टार नेयमारले रातो कार्ड खाएका छन् । फ्रेन्च लिग वानको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले पराजय बेहोर्ने क्रममा नेयमारले रातो कार्ड खाएका हुन् । 

मार्से विरुद्धको खेलमा घरेलु मैदानमा आपसमा खेलाडीहरुबीच अन्तिम समयमा धक्काधक्की चलेपछि नेयमारसहित पाँच खेलाडीले रातो कार्ड खाएका हुन् । 

जसमा पीएसजीका ३ तथा मार्सेका दुई खेलाडी हुन् । नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि रातो कार्ड खाएका हुन् । 

पीएसजीका खेलाडीहरुले यसलाई जातिय घटना भनी फोर्थ अफिसियललाई भनेका थिए ।

तनावपूर्ण खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै मार्सेलाई अग्रता दिलाए । 

त्यसपछि निरन्तर कार्ड देखाउने क्रममा रेफ्रीले १२ वटा पहेंलो कार्ड देखाए । खेलको इन्जुरी समयमा पीएसजीका नेयमार र लेभिन कुर्जावा तथा मार्सेका जोर्डन एमाभीले सीधै रातो कार्ड खाए भने पीएसजीका ल्यान्द्रो डानियल पारेदेस र मार्सेका डारियो बेनेडेट्टोले दोहोरो पहेंलोकार्डपछि रातो कार्ड खाएका थिए । 

यो खेलपछि पीएसजी अझ संकटमा परेको छ । यसअघिको पहिलो खेलमा पनि हार बेहोरेको डिफेन्डिङ च्याम्पियन पीएसजीले लगातार दोस्रो हार बेहोरेको छ । 

पीएसजीका शीर्ष खेलाडीहरु कोही रातो कार्ड खाने, कोही कोरोना लागेर मैदान बाहिर बस्नुपर्दा पीएसजी थप संकटमा परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ