एजेन्सी । विवाहित पुरुष, महिला 'अफेयर' मा रहनुलाई विश्व समुदायले कसरी हेर्दछ भन्ने हालै एक सर्भेक्षण भएको छ ।
सर्भेले विश्व व्यापी रुपमा आम मानिसलाई एउटा प्रश्न गरेको थियो । 'के विवाहित पुरुष महिला अफेयरमा हुनु नैतिक रूपमा ठीक र स्वीकार्य हो ?' जसको उत्तरमा आएको आंकडा हेरेर अनुसन्धानकर्ताहरु नै हैरान भएका थिए ।
'वासिङगटन पोस्ट' का अनुसार ८४ प्रतिशत अमेरिकन भन्छन् - विवाहित मानिसले यस्तो सम्बन्ध बनाउनु अस्वीकार्य हो ।
यस्तै बेलायतमा यस्तै उत्तर दिने ७६ प्रतिशत रहेका छन् । ग्रीसका ७९ प्रतिशत मानिस विवाहित पुरुष, महिला अफेयरमा रहनु अस्वीकार्य भनेका छन् ।
यस्तै फ्रान्समा ४७ र जर्मनीमा ६० प्रतिशत सम्बन्धलाई बेठिक भनेका छन् । यो आकडा प्यू रिसर्चले सन् २०१३ मा गरेको सर्भेमा आधारित छ।
सर्भेले खुलाएको छ - अधिक विषयमा अमेरिकी र यूरोपीयन नागरिकहरुबीच एउटै मत छ । तर जर्मनीमा भने त्यसो हुने छैन । जर्मनी नग्न समुद्री तटको रुपले चर्चित छ , जहां ४० प्रतिशत अफियरको पक्षमा देखिएका छन् । त्यसैले पछिल्लो समय नग्न समुद्री तटमा अझ भिड देखिने छ ।
यसरी भन्ने हो भने तुलनात्मक रुपमा अमेरिकामा नग्नता यूरोपको तुलनामा कम स्वीकार्य छ ।
प्राय सबै यूरोपीयन नागरिक विवाह पूर्वको सेक्सलाई जायज मान्दछन् । तर एक तिहाई अमेरिकी नागरिक विवाह पूर्वको सेक्सलाई बेठिक भन्दछन् ।
हेरौ प्रतिशतको आधारमा
पालेस्टाइन 94%
टर्की 94%
जोर्डन 93%
इजिप्ट 93%
इन्डोनेशिया 93%
लेवनान 92%
पाकिस्तान 92%
मलेशिया 90%
ट्यूनीशिया 90%
फिलिपीन्स 90%
एल साल्वाडोर 89%
घाना 86%
ब्राजील 84%
बोलीभिया 84%
अमेरिका 84%
दक्षिण कोरिया 81%
केन्या 80%
युगाण्डा 80%
ग्रीस 79%
अस्ट्रेलिया 79%
नाइजीरिया 77%
भेनेजुएला 76%
ब्रिटेन 76%
क्यानाडा 76%
चीन 74%
मेक्सिको 73%
इजरेल 73%
अर्जेन्टीना 72%
पोल्याण्ड 71%
रूस 69%
जापान 69%
सेनेगल 68%
चिली 67%
चेक गणतन्त्र 66%
दक्षिण अफ्रीका 65%
स्पेन 64%
इटली 64%
भारत 62%
जर्मनी 60%
फ्रान्स 47%