arrow

टीसीएलको दशैं तिहार अफर सार्वजनिक, घरायसी सामानमा छुट

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
tcl-dashain.jpg

काठमाडौं। घरायसी सामग्रीको ब्राण्ड टीसीएलले नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै दशैं तिहार अफर सार्वजिनक गरेको छ। टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै स्टे सेफ, सेलिब्रेट वेल अफर ल्याएको हो।

स्टे सेफ सेलिब्रेट वेल अफर अन्तरगत ग्राहकले टीसीएलका टेलिभिजन, वासिङ मेसिन, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर जस्ता घरायसी सामाग्रीमा २५५ सम्मको क्यासब्याक पाउन सक्नेछन्। त्यस्तै टीसीएलका एयर कन्डिसनरमा निसुल्क इन्स्टलेसनको सुविधा ग्राहकले पाउन सक्ने नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तरगतको सीजीइओएलले जानकारी दिएको छ।

अफर अन्तर्गत कुनै ग्राहकले फोनपेको प्रयोग गरी पैसा भुक्तानी गर्न सक्ने समेत कम्पनीले जानकारी दिएको छ। फोनपेको माध्यमबाट पैसा भुक्तानी गरेमा,  ग्राहकले थप अन्य आकर्षक सुविधा पनि प्राप्त गर्न सक्ने छन्। उक्त सुविधा फोनपे आफैंले  ग्राहकलाई प्रदान गर्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ