arrow

सिजीको ‘कुशल स्वास्थ्य असल पर्व’ दशैं अफर सार्वजनिक

logo
प्रकाशित २०७७ भदौ २९ सोमबार
cg-brand-scheme.jpg

काठमाडौं। चौधरी ग्रुप (सीजी)ले नेपालीहरुको चा दशैं र तिहारलाई लक्षित गर्दै ‘कुशल स्वास्थ असल पर्व’ दशैं अफर सार्वजनिक गरेको छ। आफुलाई नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड दावी गर्दै आएको सीजीले ‘कुशल स्वास्थ्य असल पर्व’ दशैं अफर सार्वजनिक गरेको हो।

अफर अन्तरगत सीजीले आफ्नो ग्राहकलाई सीजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्म महानगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको सीजीले जानकारी दिएको छ। सिजीको कुनैपनि एलइडी टिभीको खरिदमा ३० प्रतिशत सम्मको महा नगद छुट, ४३ इन्च र सो देखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा यस अफर अन्तरगत रहेको कमपनीले जानकारी दिएको छ।

त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट पनि अफरमा समावेश गरिएको छ। डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको जनाएको छ।

यसरी नै अरुपनि विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको कम्पनीको भनाई छ। यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्न सकिने पनि सीजीले जानकारी दिएको छ। एसिमा भने निशुल्क जडानको योजना रहेको छ। अफर सोमबार देखि सीमीत अवधिका लागि लागु गरिएको हो।

सिजीले आफ्नो सम्पूर्ण ग्राहकहरुमा कुशल स्वास्थ्यको कामना गर्दै सिजीको घरायसी सामाग्रीको खरिदमा आकर्षक छुट र उपहारहरु दिदै यो दशै असल पर्वको रुपमा मनाउन अग्रह समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ