arrow

दशैं तिहार अफर : अटो व्यवसायीमा छैन उत्साह

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३० मंगलबार
nada-auto-show1.jpg

काठमाडौं। नेपालीहरुको महान चाड दशैं र तिहार नजिकिँदै जाँदा कर्पोरेट क्षेत्रले दशैं तिहारका अफरहरु सार्वजिनक गर्न थालेका छन्। कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैत देखि गरेको लकडाउनका कारण धरासयी बनेको विजनेश उकास्ने लक्ष्य सहीत विभिन्न व्यवसायीले दशैं तथा तिहारलाई लक्षित गर्दै अफरहरु सार्वजनिक गर्न थालेका हुन्।

सोमबार मात्रै सीजी ग्रुप अन्तरगत बिक्री हुने घरायसी सामग्री विभिन्न ब्राण्डमा दशैं तिहार अफर सार्वजनिक गरेको छ। सीजी ग्रुप अन्तरगतका टीसीएल ब्राण्डका घरायसी सामग्री र सीजी ब्राण्डकै घरायसी सामाग्रीमा दुई किसिमका अफर सार्वजनिक गरेको छ।

टीसीएल ब्राण्डको ‘स्टे सेफ सेलिब्रेट वेल’ अफर अन्तरगत ग्राहकले टीसीएलका टेलिभिजन, वासिङ मेसिन, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर जस्ता घरायसी सामाग्रीमा २५५ सम्मको क्यासब्याक पाउन सक्ने भएका छन्। त्यस्तै टीसीएलका एयर कन्डिसनरमा निसुल्क इन्स्टलेसनको सुविधा पाउन सक्ने पनि सीजी ग्रुपले जनाएको छ।

सीजी ब्राण्डका घरायसी सामानमा ‘कुशल स्वास्थ असल पर्व’ दशैं अफर अन्तरगत आफ्नो ग्राहकलाई सीजीका घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्म नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको छ।

सिजीको कुनैपनि एलइडी टिभीको खरिदमा ३० प्रतिशत सम्मको नगद छुट, ४३ इन्च र सो देखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा यस अफर अन्तरगत रहेको सीजीले जनाएको छ। दशैं तिहारलाई लक्षित गर्दै कर्पोरेट क्षेत्रले सार्वजनिक गरेका अफरका केही उदाहरण हुन्।

यसअघिका वर्षहरुमा यसै किसिमले अटो मोबाइल व्यवसायीले पनि आफ्नो दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनमा आफरहरु सार्वजनिक गर्दै आएका थिए। तर, यसपाली अटो व्यवसायमा त्यस्तो खासै उत्साह देखिँदैन। यद्यपि अफर सार्वजनिक गर्ने समय भने अझै  छ।

नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले भारतमै पनि सवारी साधनको उत्पादन तथा बिक्री वितरण घटेको बताउँदै खासै अफरहरु नरहेको बताए। ‘सरकारले गरेको लकडाउनका कारण सुस्ताएको बटो बजार लकडाउन खुलेसँगै सामान्य बढेपनि त्यसले खासै मान्यता राख्दैन’ दुलालले भने, ‘बजार नियमित छैन। दुई चार जनाले दुई चार सवारी साधन खरिद गरेर हुँदैन। आशावादी हुने बाहेक खासै उत्साह छैन।’

विगतका वर्षहरुमा दशैं तिहार नजिकिँदै जाँदा ब्राण्डहरु अनुसार अफरहरु सार्वजनिक गर्ने हो होडबाजी नै चल्ने गथ्र्यो। तर, यस वर्ष विश्वभरि नै कोरोना महामारी फैलिएका कारण अटो बजार विश्वभरि नै सुस्ताएको छ। नेपालमा खासगरी भारतबाटै सवारी साधन आयात हुँदै छ।

पछिल्लो समय भारतमा समेत कोरोनाको महामारी भयावह हुँदा त्यहाँपनि खासै उत्साह नभएकाले त्यसको असर नेपालमा देखिनु स्वभाविक भएको नाडाका पदाधिकारीहरु बताउँछन्। नाडाले यसअघिका वर्षहरुमा दशैं तिहारको पूर्व सन्ध्यामा भदौ वा असोजमा नाडा अटो शो गर्दै आएको थियो।

नाडा अटो शो बाट अटो व्यापार उकास्न निकै मद्यत पुग्ने गरेको थियो। तर, यस वर्ष कोरोना महामारीमा कारण अटो शो पनि गर्न सकिएन। ‘मान्छेको सुरक्षा नै प्रधान हो’ नाडाका सचिव अनुप बरालले भने, ‘कोरोनाको जोखिम भएकै कारणले अटो शो गर्न सकिएन।’

पछिल्लो समय अटो व्यापार खस्केपनि अहिले व्यवसाय खुलिसकेकाले व्यवसाय उकासिनेमा आशावादी हुने ठाउँ रहेको बरालको भनाई थियो। दशैं तिहार अफरहरु व्यवसायीले व्यक्तिगत रुपमा गर्ने भन्दै व्यवसाय खुलिसकेको अवस्थामा अफरहरु ल्याउन सक्ने बराललले बताए। ‘व्यवसाय खुलिसकेका छन्’ उनले भने, ‘व्यवसायीले आ–आफ्नो ब्राण्ड अनुसारका अफरहरु सार्वजनिक गर्लान्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ