arrow

फेरि बढ्यो सुनको मूल्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३० मंगलबार
gold-jewellery.jpg

काठमाडौं । सोमबार बढेको सुनको मूल्य मंगलबार फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ६ रुपैयाँ प्रतितोलाका दरले बढेको हो ।

सोमबार नेपाली बजारमा छापावाल सुनको कारोबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँका दरले भइरहेकोमा मंगलबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँका दरले रहेको थियो ।

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

यसअघि सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ र आइतबार ९५ हजार ९ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

मंगलबार चाँदीको मूल्य १३ सय ४० रुपैयाँ प्रतितोला पुगेको छ ।

यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ