arrow

नेपाल विद्युतमा सातौं गरिब मुलुक, प्रतिव्यक्ति १३२ किलोवाट मात्रै भाग पर्छ, भारत ६ गुणा अघि (सूचीसहित)

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
bijuli-@@.jpg.jpeg
काठमाडौं । सरकारले उर्जा विकासको लागि तीन वर्ष भित्र ६०० मेगावाट विद्युत थप उत्पादन गर्ने लक्ष्य सहित निर्माण गरेको तेह्रौ त्रि–वर्षीय योजनाको समयावधि सकिनै लाग्दा सो योजना भने सफल नहुने देखिएको छ । 
 
आर्थिक वर्ष २०७०–०७१ देखि आर्थिक वर्ष २०७२–०७३ सम्मको लागि बनाइएको त्रि–वर्षीय योजना अनुसार राष्ट्रिय प्रशारण लाइनमा यो योजना अवधिभित्र ६०० मेगाबाट विद्युत उत्पादन गर्दै प्रतिव्यक्ति विद्युत उर्जा खपत १ सय ४० प्रतिघण्टा प्रतिवर्ष बनाउने लक्ष्य पूरा नहुने पक्का भएको हो । अर्थात् सरकारले एक दिनमा एक घण्टाको दरमा एकवर्ष भरीको एक सय ४० किलोवाट बाल्नसक्ने अवस्था सिर्जना गर्ने लक्ष्य लिएको भएपनि सरकार १ सय ३२ प्रति घण्टा प्रतिवर्षमा मात्रै सीमित बन्न पुगेको हो । जबकि छिमेकी मुलुक भारतका नागरिकहरुले प्रति घण्टा प्रति वर्ष ७६५ किलोवाट विद्युत खपत गर्दछन् । 
 
विद्युत उत्पादनको हिसावले जलविद्युतबाट मात्रै ८३ हजार मेगावाट उत्पादन गर्ने क्षमता रहेको जिकिर गर्ने नेपाल प्रतिव्यक्ति विद्युत उर्जा खपतको हिसावले भने विश्वकै सातौं गरिब मुलुक ठहरिएको छ । प्रतिव्यक्ति विद्युत उर्जा खपत भनेको कुनैपनि व्यक्तिलाई दैनिक एक घण्टाको दरले एक वर्षमा कति विद्युत भागमा आउँछ भन्ने जनाउँदछ ।
 
सरकारले तीन वर्षे योजनामा अक्ष्य अनुसारको उपलब्धी हासिल गर्न नसकेपछि विश्व मानचित्रमा विद्युत उत्पादनको हिसावमा नेपाल सातौं गरिब मुलुकको रूपमा चिनिन पुगेको छ । यसरी नेपालले लक्ष्यभन्दा कम प्रगति हाँसिल गरिरहँदा विश्वका अविकसित मुलुकहरूको दाँजोमा दाँजिन पुगेको छ । विद्युत खपत गर्न पाउने विश्वका मुलुकहरूमा नेपाल सातौं गरिब मुलुक रहेको विश्व बैंकको तथ्याङ्क छ । 
 
विश्व बैंकको विद्युत शक्ति खपत सम्बन्धि पछिल्लो तथ्याङ्क अनुसार पनि नेपाल सबैभन्दा कम प्रतिव्यक्ति विद्युत खपत गर्ने मुलुकमा सातौं स्थानमा परेको हो । विश्व बैंकले २०११ देखि २०१५ सम्मको विश्लेषणको आधारमा नेपालको प्रतिव्यक्ति विद्युत उर्जा खपतको क्षमता मात्रै १ सय २८ किलोवाट रहेको देखाएको छ । जुन २००६ देखि २०१० सम्मको तथ्याङ्कले १ सय १९ किलोवाट प्रतिव्यक्ति र २००१ देखि २००५ सम्मको तथ्याङ्कले १ सय १५ किलोवाट प्रतिव्यक्ति रहेको देखाएको थियो । 
 
विद्युत विकास विभागका अनुसार यो अविकसित मुलुकको भन्दा पनि कमजोर स्थिती हो । विश्वमा प्रतिव्यक्ति विद्युत उर्जा खपत हुने मुलुकमा नेपाल भन्दा कमजोर मुलुकहरूमा कंगो, तान्जानिया, इरिट्रिया, इथियोपिया, हाइटी र नाइजर रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकको उक्त तथ्याङ्क अनुसार नेपाल पछिका कमजोर मुलुकहरूमा क्रमशः कंगो १ सय १० किलोवाट प्रतिव्यक्ति, तान्जानियामा ८९ किलोवाट प्रतिव्यक्ति, इथियोपियामा ६५ किलोवाट प्रतिव्यक्ति, इरिट्रियामा ६२ किलोवाट प्रतिव्यक्ति र हाईटी र नाइजरमा समान ४९ किलोवाट प्रतिव्यक्ति विद्युत उर्जा खपतको क्षमता रहेको देखाएको छ । विभागका इन्जिनियर शालिग्राम भण्डारीले जानकारी दिएको जानकारी अनुसार  हालको यो स्थिती दक्षिण एशियाली मुलुक मध्ये सबै भन्दा थोरै हो । 
 
आर्थिक वर्ष २०६७–०६८–२०६९–०७० को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा आवद्ध जलविद्युत उत्पादन केन्द्रहरूको जडित क्षमता ७०५ मेगावाट पुगेको र जसमा नेपाल विद्युत प्राधिकरणको तर्पmबाट उत्पादित ४७३ मेगावाट र निजी क्षेत्रबाट उत्पादित २३२ मेगावाट रहेको छ उल्लेख गरेको छ । यद्यपि, विद्युत ५३ मेगावाट सहित राष्ट्रिय प्रसारण लाइनमा आबद्ध विद्युतको जडित कूल क्षमता ७५८ मेगावाट पुगेको तात्कालीन योजनाले उल्लेख गरेको छ । 
 
देशका ५० जिल्लाहरू राष्ट्रिय प्रसारण लाइनमा आवद्ध भएका भन्दै योजनामा गत योजना अवधिमा थप १ सय ८४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेकोमा ६४ मेगावाट मात्र उत्पादन हुन सकेको छ भने करिब ९०० गाउँ विकास समितिमा विद्युत विस्तार भई थप ७ लाख परिवार विद्युत सेवाको पहुँचमा पुगेको जनाएको थियो । अहिले दैनिक १४ सय भन्दा बढीको विद्युतको माग रहेको छ, भने मागको तुलनामा ४५ प्रतिशत मात्रै उत्पादन भएको विभागका इन्जिनियर भण्डारीले जानकारी दिए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ