arrow

आईपीएल क्रिकेट: कोलकाता उपाधि होडबाट बाहिरियो

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
IPL_Yuvraj1.jpg.jpeg
काठमाडौं। सनराईजर्स हैदरावादले कोलकाता नाईटरईड्रर्सलाई २२ रनले पराजित गर्दै फाईनल प्रवेशकालागि प्लेअफमा स्थान बनाएको छ। हैदरावादले गुजरात लायन्सको सामना गर्ने छ। यो हारसँगै कोलकाता उपाधि होडबाट बाहिरिएको छ।
 
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। युवराज सिंहले ४४ रन बनाएका थिए भने कप्तान डेविड वार्नरले २८ र मोईसे हेन्रिक्सले ३१ रनको योगदान गरेका थिए। कोलकाताका कुलदिप यादवले ३ विेकट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको कोलकाता २० ओभरमा ८ विकेट गुामउँदै १४० रन मात्र बानउन सकेको थियो।कोलकाताका मनिष पाण्डेले ३६ र गौतम गंभिरले २८ रन बनाएका थिए। हैदरावादका भुवनेश्वर कुमारले ३ विेकट लिएका थिए। 
 
हैदरावादले शुक्रवार गुजरात लायन्सको सामना गर्ने छ। बेंगलोरसँग फाईनलमा भिड्न हैदरावाद र गुजरातको खेल हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ