arrow

शान्ति, विकास र समृद्धि

logo
नवीनचन्द्र घिमिरे,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
nabin-chandra-ghimire.jpg

शान्ति

शान्तिको उद्घोष गर्न
मेसिन गनले बढाइँ गरियो,
घरको अटालीमा बसेको
एक जोडी परेवा मरेछ ।।

विकास

गाउँको टाकुरामा
बाटो पुर्याएर बुल्डोजर फर्कियो
भोलिपल्टै भीषण पहिरोले
माने र मन्दिर किचिएछ ।।

समृद्धि

समृद्धिको खुशियालीमा
घरघरमा दियो बालियो,
एउटा बत्तीको फिलिङ्गोले
सुकुम्बासी बस्तीको घर जलेछ ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ