arrow

वर्ल्डलिंकले निकट भविष्यमै आइपीओ जारी गर्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
Worldlink_Communications.png

काठमाडौं । देशकै ठुलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले  विभिन्न १० हजार स्थानमा फ्री वाइफाइ सेवा दिँदै आएको जानकारी गराएकाे छ ।

कम्पनीको २५औँ वाविर्षकोत्सवका अवसरमा कम्पनीका निर्देशक विजय जलानले देशभरका विभिन्न १० हजार सार्वजनिक स्थानमा निशुल्क वाईफाई सेवा दिइरहेको बताएका हुन् ।

त्यस्तै वर्ल्डलिंक देशकै ठूलो इन्टरनेट सेवा प्रदायकका रुपमा समेत खडा भएको उनले बताए ।

हाल नेपालमा प्रत्येक तीन प्रयोगकर्तामध्ये एक जना वर्ल्डलिंकको प्रयोगकर्ता रहेको कम्पनीको भनाई छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार देशमा खपत हुने कुल इन्टरनेट ब्यान्डविथको ४३ प्रतिशत वर्ल्डलिंकको मात्रै रहेको कम्पनीका अध्यक्ष दिलिप अग्रवालले बताए ।

सन् १९९५ मा अध्ययनका लागि अमेरिकामा रहेका बेला दिलिप अग्रवालले नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिनका लागि इन्टरनेटको  प्रयोग गरेका थिए ।

२५ वर्षको समयमा नै अहिले वर्ल्डलिंकले  एफटीटीएच प्रविधि सहित देशका ७३ जिल्लामा इन्टरनेट सेवा दिइरहेको छ ।

कम्पनीले अब ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष अग्रवालले बताए ।

वर्ल्डलिंक अहिले दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएको छ ।

प्रविधि क्षेत्रबाट सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा आयकरमा पहिलो ठूलो कम्पनी वर्ल्डलिंकका हाल ४ लाख घरायसीका साथै १० हजार कर्पोरेट तथा सरकारी ग्राहक रहेका छन् ।

सन् २०१४ मा १ अर्ब रुपैयाँ लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पु¥याएको छ ।

वार्षिकोत्वसमा बोल्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिंकसँग प्राधिकरणको सम्बन्ध जोडिएको बताए ।

पछिल्ला २५ वर्षमा वर्ल्डलिंकले देशभर इन्टरनेट पहुँच पु¥याएको छ ।

यसैका लागि कम्पनीले सन् २०१८ सार्वजनिक स्थानहरुमा फ्री वाईफाई जडान गर्ने परियोजना समेत सुरु गरेको थियो ।

सन् २०१८ मा  आईपीभी सिक्सको प्रयोग गर्नेमा पनि वर्ल्डलिंक नेपालकै पहिलो सेवा प्रदायक रहेको कम्पनीको दावी छ ।

सन् २०१९मा नेपाल सरकारको आईसीटी पुरस्कारबाट सम्मानित समेत रहेको कम्पनीको उल्लेखनीय काममा कर्णालीको दुर्गम भागहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने काम पनि आउँछ ।

कम्पनीले निकट भविष्यमा पव्लिक कम्पनीमा दर्ता भई सर्वसाधारणका लागि आइपीओ जारी गर्ने समेत २५ औं वार्षिकोत्सवको अवसरमा जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ