arrow

बाबुको प्रेरणाका कारण परोपकारी बने विल गेट्स

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
bill-gates-william.jpg

वासिङ्टन। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स बार्षिक अर्बौ डलरको दान गर्छन् । बाबुको प्रेरणाका कारण आफु परोपकारी बनेको विल गेट्सले बताएका छन् ।  

पिता विलियम हेनरी गेट्स द्धितीयको  निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए। उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन्।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन्। 

द्धितीयको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको छ।  उनी अल्जाइमरको विरामी थिए। विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो।

विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए। उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ