arrow

बीपी जयन्तीका अवसरमा जनसम्पर्क समिति अष्ट्रेलियाको प्रशिक्षण कार्यक्रम

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
balkrishna-khand-nejasa-aus.jpg

अष्ट्रेलिया । जननायक बीपी कोईरालाको १०७ औं जन्म जयन्ती अष्ट्रेलियामा रहेका कांग्रेसहरुले नेपालमा रहेका कांग्रेस नेताहरुसँग अन्तरक्रिया गरि मनाएका छन् । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया राज्य समितिको अग्रसरतामा कार्यक्रमको आयोजना गरिएको थियो । 

बीपी बिचार र अबको राजनीति बिषयक प्रशिक्षण कार्यक्रममा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष एबम संयोजक कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य एबम पूर्व जनसम्पर्क समन्वय बिभाग प्रमुख अर्जुन जोशी लगायतका नेता कार्यकर्ताहरु सहभागि भएका थिए । 

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बालकृष्ण खाँणले बीपीको सान्दर्भिकता २००७ सालमा जति थियो आज ७० बर्ष पछि पनि त्यतिकै रहेको बताए । 

कार्यक्रमका अर्का बक्ता अर्जुन जोशिले जनता केन्द्रित भएका कारण बीपीका बिचार आजपनि उत्तिकै सान्दर्भिक भएको बताए ।
  
कार्यक्रममा नेबिसंघका अध्यक्ष राजिब ढुङ्गानाले बीपीका बिचारलाई सिद्धान्तमा मात्र सिमित नगरि व्यवहारमा पनि ल्याउनुपर्ने बताए। 

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एबम जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, नेपाली कांग्रेस सुचना तथा संचार बिभाग सदस्य एबम जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष नारायण सुवेदी, जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष एबम युरोप जनसम्पर्कका महासचिब गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष सुरेश गुरुङ, राज्यसमितिका संयोजकहरु अभिमानिसिंह बस्नेत (क्वीन्सलेण्ड), शितल गिरी (एनएसडब्लु), मनिसा अर्याल उप्रेति (भिक्टोरीया), नील थपालीया (डब्लुए), प्रमोद सापकोटा टेक (ताजमानिया), संस्थाका अग्रजहरु प्रेम सापकोटा, डा. कृष्ण हमाल, डा. डिल्लि बन्जाडे लगायतले बीपीका बारेमा आफ्ना बिचारहरु राखेका थिए । 

राज्य समिति साउथ अष्ट्रेलिया संयोजक दिलिप कुमार पोखरेलले संचालन गरेको कार्यक्रममा जनसम्पर्क समिति न्यूजिलेण्डका अध्यक्ष बुद्धिसागर घिमिरे, जनसम्पर्क समिति अष्ट्रेलियाका रोहित खड्का, राजेश केसी, गणेश केसी, निरज श्रेष्ठ, राज कुमार अधिकारी, कुसल केसी, नागेन्द्र अधिकारी, राजिब नर्सिह केसी, सुर्य गौतम, इन्द्र न्यौपाने, रुपक मैनाली, अरुण कुमार ठाकुर, सरोज पाण्डे, अर्जुन केसी, नारायण कोईराला, बिशाल पोखरेल, प्रकाश प्रजापति, नेत्र पौडेल, भूपेन केसी लगायत सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ