arrow

चट्याङ र आँधीबाट उत्तरी भारतमा २३ को मृत्यु

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
india-map-and-flag-1310791.png.png
नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्. । 
 
उत्तर प्रदेशको पश्चिम र मध्यभागहरूमा गत सोमबार साँझबाट सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको् मृत्यु भएको बताइएको छ । 
 
उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेरीबाट २३ व्यक्तिको मृत्यु भएको सो राज्यका एक अधिकारीले जानकारी दिएका छन् । 
 
सो प्रकोपका कारण सयौँ रुख र विद्युतीय खम्बा ढलेर नै व्यक्तिहरूको मृत्यु भएको बताइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ