arrow

गण्डकीमा कोरोना संक्रमित ३२ सय नाघे, २७ को मृत्यु, थपिए २८ संक्रमित 

logo
हरि पन्त, 
प्रकाशित २०७७ असोज १ बिहिबार
corona-killed.jpg

पोखरा । पोखरामा आठ जनासहित गण्डकी प्रदेशमा २८ जना संक्रमित थपिएका छन् । बिहीबार बिहान ७ः४५ र ९ः१० बजे गरी दुई पटकमा दिइएको जानकारी अनुसार पोखराको ५, ८, ९, १५, १८ र २० मा एक–एक जना, पोखरा ८ मा दुई जना गरी आठ जना संक्रमित थपिएका हुन् । 

यस्तै नवलपरासी पूर्वमा १२, गोरखामा दुई, बाग्लुङमा चार, तनहूँमा दुई जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ३२ सय ६ जना पुगेको छ । निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले दिएको जानकारी अनुसार संक्रमित सबैलाई आइसोलेशन वार्डमा लैजाने तयारी भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म २७ जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ