arrow

जसले ६७ पटक हेरे माधुरीको एकै फिल्म, फाले करोडौं रुपैयाँ

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
hero-madhuri1.jpg

काठमाडौं । चर्चित पेन्टर मकबूल फिदा हुसेनको निधन सन् २०११ जुन ९ मा बेलायतको लण्डनमा भएको थियो । उनको जन्म सन् १९१५ सेप्टेम्बर १७ मा मुम्बईमा भएको थियो । उनी सधैं आफूले बनाएको चित्रको कारण विवादमा तानिने गर्थे ।

एमएफ हुसेन आफ्नो मिहिनेतको भरमा सफलता हासिल गरेका थिए । ठूलो पेन्टर भएर पनि उनीमा सिनेमाप्रतिको लगाव सधैं देखिने गरेको थियो ।

बलिउडका धेरै नायिकाका उनी प्रशंसक पनि थिए । हुसेन फिदा भएका नायिकाको नाम हो – माधुरी दीक्षित । उनको ‘हम आपके हैं कौन’ फिल्म ६७ पटक हेरेका थिए । साथै, उनको पेन्टिङको पूरै सेरिज बनाएका थिए ।

उनले सन् २००० मा माधुरीलाई लिएर ‘गजगामिनी’ फिल्म निर्माण गरेका थिए । त्यतिबेला उनको उमेर करीब ८५ वर्षको थियो । यो फिल्मको बजेट करीब अढाई करोड थियो । यो फिल्मले केवल २६ लाखको आम्दानी गरेको थियो ।

हुसेनको दिवानापन त्यतिमै सकिएन । माधुरीको बलिउडमा ‘आजा नचले’ नामको अर्को फिल्म आएसँगै उनले यो फिल्मको शोका लागि दुबईको लैम्सी सिनेमा पूरा आफ्ना लागि बुक गराएका थिए ।

यसका साथै हुसेनलाई तब्बू पनि निकै मनपथ्र्यो । उनका लागि हुसेनले ‘मीनाक्षीः अ टेल अफ थ्री सिटीज’पनि निर्माण गरेका थिए । सन् २००६ मा हुसेन एक अर्का नायिकामा फिदा भएका थिए । उनी – ‘विवाह’ फिल्मकी नायिका अमृता राव थिइन् । हुसेनले अमृताको जन्मदिनमा तीन पेन्टिङ गिफ्ट दिएका थिए । यसको मूल्य करीब एक करोड भारु थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ