arrow

नेपालगन्जमा थप एक जनाको मृत्यु, ९ पुग्यो

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
Dead_Body.jpg.jpeg

नेपालगन्ज । कोरोना संक्रमणबाट नेपालगन्जका एक पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ४५ वर्षीय पुरुषको बिहिबार साँझ सवा ५ बजे मृत्यु भएको हो । 

स्वास्थ्यमा समस्या भएपछि ती पुरुष भदौ २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको ३० गते कोरोना परिक्षणका लागि स्वाब लिइएको थियो । ३१ गते रिपोर्ट पोजिटिभ आएको थियो । 

स्वास्थ्य अवस्था झनै बिग्रेर भेन्टिलेटरको समेत आवश्यकता परेपछि उनलाई त्यसै दिन राति पौने १२ बजे भेरी अस्पतालमा रहेको कोभिड विशेष आइसोलेसनमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

उनको दुवै फोक्सोमा निमोनिया भएको चिकित्सकले बताएका छन् । यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि नेपालगन्जका ५ जना, नरैनापुर, बैजनाथ र कोहलपुरका १/१ जनाको मृत्यु भएको थियो । हालसम्म नेपालगन्जका मात्रै ६ जनाको मृत्युु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ