arrow

दिनेश संचार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै ज्ञापनपत्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १ बिहिबार
fnj-bardiya.jpg

बर्दिया। कैलालीमा सञ्चार गृहमाथि आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र बुझाएको छ। 

दिनेश सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ बर्दियाको अगुवाईमा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत गृह मन्त्रालयका पुग्ने गरि ज्ञापनपत्र बुझाएको नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द्र धितालले बताए।

धितालले समाचारकै विषयलाई लिएर सञ्चार गृह र पत्रकारमाथि भौतिक आक्रमण हुनु निन्दनीय र खेदजनक भएको र आक्रमणकारिलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने बताए।

‘‘कोरोना कहरमा आफ्नो पेशागत दायित्व पूरा गरिरहेका पत्रकारलाई कानूनको धज्जी उडाउँदै आक्रमण गर्ने जो कोहीलाई पनि छुट हुन नहुने माउन्टेन टेलिभिजनका बर्दिया संवाददाता दीपकलाल श्रेष्ठले बताए। 

पत्रकारमाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको प्रहार भएको र प्रेस स्वतन्त्रता रहे मात्रै लोकतन्त्र रहने भएकाले पत्रकारमाथि हुने आक्रमणले लोकतन्त्रमाथि प्रश्न चिन्ह खडा हुने हुदा कानूनी दायरामा रही आफ्नो दायित्व पुरा गरिरहेका बेला भएको आक्रमणको भत्सर्ना गर्दछौ । आक्रमणकारीलाई कारवाहिको लागि हामी सबै संचारकर्मीको माग रहेको श्रेष्ठले भने।

केहि दिन अघि मात्र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा थुनामा रहेका धनगढीका १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको समाचारको विषयलाई लिएर उनीहरुले संचार गृहमा आक्रमण गरी पत्रकारमाथि समेत कुटपिट गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ