arrow

“हाम्रो कृषि र अबको बाटो”

logo
डा लक्ष्मण अधिकारी,
प्रकाशित २०७७ असोज १ बिहिबार
agriculture-nepal.jpg

कृषि प्रधान हाम्रो मातृभूमिको, अवस्था  किन यस्तो ? 
खेति गर्दैनौं हामी गर्छौ आयात, भनि उतैको सस्तो । 
उहिले हुँदा जनशक्ति देशमा, हुन्थ्यो निर्यात अन्न
भएर युवा पलायन हुँदैछ, समाज छिन्न भिन्न । 

खाडी होस वा मलेसिया कोरिया, नेपालकै पसिना
आमा रुनुहुन्छ रह्यो खेत बाँझो, आउ यतै बसन । 
फर्काइ युवा गएका परदेश, लगाई बाँझो फोर्न
भित्राई अति आधुनिक प्रबिधी, लगाऔं कृषि गर्न ।

छोडी साँचिकै झिना मसिना चिज, कृषि क्रान्ति गर्ने हो 
गरौं छलफल त्यो क्रान्तिको लागि, के-के गर्नु पर्ने हो ।
अनिवार्य गर चक्लाबन्दी अब, टुक्रा जग्गा धेरै भो 
हावा पानी सुहाउँदो बाली तोक्न, अब अति बेरै भो  ।

ठूला नहर अनि कृषि सडक, लगाउ बनाउन
बजार व्यबस्था राज्यनै गर्देउ, बिचौलिया भगाउन । 
खेति पशु बीमा अति आवश्यक, गरौं चाँडै व्यवस्था 
नआओस छैन भनि मल बिउ, धिकार्ने त्यो अवस्था ।

आऊ सुधारौं सकिन्छ धेरै कुरा, नीति बनाऔं राम्रो 
परिवर्तन निश्चयनै आउँछ, सुन्दर देश हाम्रो ।
सोची सकारात्मक भएनी जहाँ, सबैले केहि गरौं    
सकेर भोकमरी निर्यातलाई, पुग्ने भकारी भरौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ