arrow

नेपाली रेल सेट, कस्तो छ त ? फोटोफिचरसहित

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
railway-nepal.jpg

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्दैछ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट शुक्रबार आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । 

कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उनको भनाइ छ । उनले भने, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।”

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । 

आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । 

कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ । 

रेल विभागले कुर्था–जनकपुरधाम –जयनगरसम्म रेल चलाउन १ अर्बको लागतमा रेलको रेट खरिद गरेको हो ।

रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएको रेल सेट निकै लोभलाग्दो छ । यो रेल दशैं तिहारपछि संचालन गर्ने तयारीमा रहेको पनि बुझिएको छ । 

यसभित्रको पार्टपूर्जादेखि त्यसको सिट, शौचालय र अगाडिको सेट लगायत यस्तो रहेको छ –


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ